सानो मेहेनत र प्रयासले नेपालमा गणतन्त्र आएको होइन : माधव नेपाल

२०८२ जेठ १५ गते बिहिबार
सारांश
  • १८ औं गणतन्त्र दिवसका अवसरमा बोल्दै उनले गणतन्त्र दिवस मनाइरहेको बेलामा विगतका अनेक उतारचढावको सम्झना आइरहेको बताएका हुन् ।

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले भनेजस्तै सानो मेहेनत र प्रयासले नेपालमा गणतन्त्र नआएको बताएका छन् ।


१८ औं गणतन्त्र दिवसका अवसरमा बोल्दै उनले गणतन्त्र दिवस मनाइरहेको बेलामा विगतका अनेक उतारचढावको सम्झना आइरहेको बताएका हुन् ।  


उनले भने, ‘आज गणतन्त्र दिवस मनाइरहेको बेलामा विगतका अनेक उतारचढावको सम्झना भइरहेको छ । सानो दुःखले आर्जेको मुलुक यो होइन भनेजस्तै सानो मेहेनत र प्रयासले नेपालमा गणतन्त्र आएको होइन । यो राम्ररी सम्झना गर्नुपर्ने आवश्यकता छ । कम्युनिस्ट पार्टीभित्रै पनि आँट, दृष्टिकोण नभएका पनि हुन्छन् । समय अनुसार चल्न नजान्नेहरू, समयको प्रवाहलाई नबुझ्नेहरुमा आत्मविश्वास पाउन सकिदैन् ।’


साथै उनले चुनौतीको सामना गर्दै अवसरलाई सदुपयोग गरेर अघि बढ्ने आँट गर्नुपर्ने बताए । उनले अहिलेका समस्याहरू के के हुन् त्यसका बारेमा वस्तुनिष्ट तरिकाले अघि बढ्न सक्नुपर्ने बताए । उनले अहिले आफूहरूको अगाडि भएका समस्यालाई वस्तुनिष्ट तरिकाबाट अघि बढ्न आवश्यक रहेको जिकिर गरे ।


तत्कालीन नेकपा एमालेभित्र देखिएका विचार प्रवृत्तिको दृढताका साथ विरुद्धमा उत्रिएको स्मरण गर्दै अध्यक्ष नेपालले चुनौतीको सामना गर्ने र अवसलाई सदुपयोग गरेर अघि बढ्नेहरुले इतिहासमा आफ्नो भूमिका निर्वाह गर्नसक्ने बताए । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार