चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान
२०८२ जेठ १५ गते बिहिबार
- अर्थमन्त्री पौडेलले संघीय संसद्मा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै देशको कुल ९९ प्रतिशत जनसंख्यामा विद्युत् सेवा पुगेको जानकारी गराए । उनले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार रु ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान रहेको बताए ।
काठमाडौं : प्रतिनिधिसभा बैठकमा आर्थिक सर्वेक्षण पेश भएको छ । बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२÷८३ को आर्थिक सर्वेक्षण पेश गरेका हुन् ।
अर्थमन्त्री पौडेलले संघीय संसद्मा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै देशको कुल ९९ प्रतिशत जनसंख्यामा विद्युत् सेवा पुगेको जानकारी गराए । उनले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार रु ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान रहेको बताए ।
उनले भने, ‘यस आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षको प्रथम ८ महिना र गत आर्थिक वर्षको मुलुकको समग्र विकासको अवस्था प्रस्तुत गरिएको छ । चालु आर्थिक वर्ष मुलुकको आर्थिक वृद्धि ४.६८ प्रतिशत रहने अनुमान छ ।
प्रदेशगत रुपमा मधेस प्रदेश, कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश बाहेक सबै प्रदेशको अर्थिक वृद्धिदर राष्ट्रिय औसत ४.६१ प्रतिशत भन्दा माथि रहेको छ । चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार रु ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान छ ।’
साथै उनले कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २५. १६ प्रतिशत, उद्योग क्षेत्रको योगदान १२. ८३ प्रतिशत, सेवा क्षेत्रको योगदान ६२. ०१ प्रतिशत रहने अनुमान गरिएको बताए ।
उनले भने, ‘यस अवधिमा कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २५. १६ प्रतिशत, उद्योग क्षेत्रको योगदान १२. ८३ प्रतिशत, सेवा क्षेत्रको योगदान ६२. ०१ प्रतिशत रहने अनुमान छ । प्रतिव्यक्ति कुल राष्ट्रिय आय बढेर १५ सय १७ अमेरिकी डलर पुगेको छ । ’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।