१७ वर्षमा विकासका सूचकाङ्कहरूमा उल्लेख्य प्रगति भएको छ : प्रधानमन्त्री
२०८२ जेठ १५ गते बिहिबार
- गणतन्त्र दिवस २०८२ को अवसरमा आज विशेष समारोहका बीच सम्बोधन गर्दै उनले राजतन्त्रकालको निरंकुशता र त्यसबेलाको सामाजिक, राजनीतिक अवस्था स्मरण गर्दै वर्तमान पुस्तालाई स्वतन्त्रताको मूल्य बुझ्न आग्रह गरेका हुन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रको महत्व, त्यसको ऐतिहासिक पृष्ठभूमि र लोकतान्त्रिक शासन व्यवस्थालाई अझ सुदृढ बनाउन आह्वान गरेका छन् ।
गणतन्त्र दिवस २०८२ को अवसरमा आज विशेष समारोहका बीच सम्बोधन गर्दै उनले राजतन्त्रकालको निरंकुशता र त्यसबेलाको सामाजिक, राजनीतिक अवस्था स्मरण गर्दै वर्तमान पुस्तालाई स्वतन्त्रताको मूल्य बुझ्न आग्रह गरेका हुन् ।
उनले शिक्षा, स्वास्थ्य, यातायात, सञ्चारजस्ता पूर्वाधारमा भएको उल्लेखनीय प्रगति औँल्याए । उनले भने, ‘गणतन्त्र स्थापना भएको १७ वर्षमा विकासका सूचकाङ्कहरूमा उल्लेखनीय प्रगति भएको छ, जुन निरंकुश राजतन्त्रका २५० वर्षको तुलनामा कयौं गुणा बढी हो ।’
उनले लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार निर्णयकर्ताहरूको जवाफदेहिता र पारदर्शिता आवश्यक रहेको भन्दै, कमजोर निर्णयको आलोचना गर्ने र त्यसलाई सुधार्ने व्यवस्था गणतन्त्रमै सम्भव भएको बताए ।
ओलीले देशवासीलाई गणतन्त्रको मर्म व्यवहारमा उतार्न आह्वान गर्दै भने, ‘गणतन्त्र कुनै दलको स्वामित्व होइन, यसको मालिक जनता हुन् । जनताको अधिकार र उत्तरदायित्वको संयोजनमार्फत मात्र हामी समृद्ध नेपालको यात्रामा अघि बढ्न सक्छौं।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’