देशको राजनीतिक अवस्था अस्थिर भएकोमा अर्थमन्त्री चिन्तित

२०८२ जेठ १५ गते बिहिबार
सारांश
  • बिहिबार प्रतिनिधि सभामा बजेट भाषण गर्दै उनले नेपालको संविधान जारी भएसँगै नेपाली राजनीतिको मुख्य कार्यसूची बदलिए पनि सोअनुरुप काम हुन नसकेको बताए ।

काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलले पछिल्ला वर्षहरुमा देशको राजनीतिक अवस्था अस्थिर बन्दै गएको बताएका छन् । 


बिहिबार प्रतिनिधि सभामा बजेट भाषण गर्दै उनले नेपालको संविधान जारी भएसँगै नेपाली राजनीतिको मुख्य कार्यसूची बदलिए पनि सोअनुरुप काम हुन नसकेको बताए । 


उनले भने, ‘नेपालको संविधान जारी भएसँगै नेपाली राजनीतिको मुख्य कार्यसूची बदलिएको छ । परिवर्तित कार्यसूचीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्ष अनुरुप विकास, समृद्धि, सामाजिक न्याय र लोकतान्त्रि मूल्यमा आधारित समाजवादको दिशामा अगाडि बढ्न निर्देशित गरिरहेको छ । तर पछिल्ला वर्षहरुमा देशको राजनीतिक अवस्था अस्थिर बन्न पुग्यो जसले गर्दा सेवा प्रवाह, सुशासन र विकासको गतिमा प्रतिकूलता सिर्जना हुनुको साथै राष्ट्रको आवश्यकता र जनताको अपेक्षा सम्बोधन गर्न कठिन भएको अनुभव हामीसँग छ ।’


यस्तै, उनले संविधान सभाबाट नेपालको संविधान जारी भएपछि इतिहासमा पहिलो पटक तीनवर्षको औसत आर्थिक वृद्धिदर ७.७ प्रतिशत हासिल भएको तथ्य पनि रहेको बताए ।   

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार