भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ : सांसद पुन
२०८२ जेठ १३ गते मंगलवार
- मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भिजिट भिसाको नाममा करोडौंको अवैध असुलीको जालो फैलिएको भन्दै यो रोजगारीको लागि विदेश जान खोजेका सामान्य युवाहरु माथि गरिएको लुट र संगठित मानव तस्करीसँग जोडिएको विषय भएको बताए ।
काठमाडौं : नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको विषय भएको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भिजिट भिसाको नाममा करोडौंको अवैध असुलीको जालो फैलिएको भन्दै यो रोजगारीको लागि विदेश जान खोजेका सामान्य युवाहरु माथि गरिएको लुट र संगठित मानव तस्करीसँग जोडिएको विषय भएको बताए ।
उनले भने, ‘त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भिजिट भिसाको नाममा करोडौंको अवैध असुलीको जालो फैलिएको र त्यसमा गृहमन्त्रीज्यूको सचिवालयको प्रत्यक्ष संलग्नता भईरहेको भन्ने कुरा विभिन्न पत्रपत्रिका मार्फत बाहिर आईरहेको छ । यो कुनै सामान्य भ्रष्ट्रचारको घटना मात्र होईन् । यो रोजगारीको लागि विदेश जान खोजेका सामान्य युवाहरु माथि गरिएको लुट र संगठित मानव तस्करीसँग जोडिएको विषय हो ।’
यस्तै, उनले अख्तियारले मुख्य आरोपि भनेका सहसचिव तीर्थराज भट्टराई गृहमन्त्रीकै अग्रसरतामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पठाईएको भन्दै यसमा मन्त्रीको कुनै स्वार्थ भएको बताए ।
उनले भने, ‘यत्रो ठूलो खेल राजनीतिक संरक्षकबिना गर्न सकिदैँन् । अख्तियारले मुख्य आरोपि भनेका सहसचिव तीर्थराज भट्टराई गृहमन्त्रीकै अग्रसरतामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पठाईएको देखिन्छ । यो भन्दा पहिला पनि विभिन्न घटनामा जोडिएका सहसचिवलाई गृहसचिवले रोजी छाडि कसरी पठाउनु भयो के साच्चि मन्त्रीज्यूले सहसचिव स्वच्छ भन्ने थियो कि अन्य कुनै स्वार्थ थियो ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।