घट्नाको गहिराइमा नपुगि राजीनामा माग्ने प्रबृत्ति गलत छ : डा.रिजाल
२०८२ जेठ १३ गते मंगलवार
- मंगलबार काठमाडौंमा नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले कुनै घटना बाहिर आयो भने त्यसको मूल विषयभन्दा व्यक्तिको राजीनामाको कुरा बढि चर्चामा आउने गरेको भन्दै यसले सञ्चार जगतलाई असर पर्ने बताए ।
काठमाडौं : नेपाली कांग्रेसका नेता डा.मिनेन्द्रराज रिजालले घटनाहरुको मूल विषयमाभन्दा बढि व्यक्तिको राजीनाको विषय चर्चामा आउने गरेको बताएका छन् ।
मंगलबार काठमाडौंमा नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले कुनै घटना बाहिर आयो भने त्यसको मूल विषयभन्दा व्यक्तिको राजीनामाको कुरा बढि चर्चामा आउने गरेको भन्दै यसले सञ्चार जगतलाई असर पर्ने बताए ।
उनले भने, ‘पछिल्लो समय घटनाहरु बाहिर आउछन् । ती घटनाहरुको मूल कुरामा चर्चाभन्दा बढि राजीनामा गर्नुपर्यो अथवा राजीनामा गर्नु पर्छ या पर्दैन भन्ने विषयमा बहस केन्द्रीत भइरहेका छन् । अहिले(गृहमन्त्री रमेश लेखक)को मात्र होइन पहिलाको पनि चारपाँच वटा मुद्दा त्यस्तै छन् । ति घटनाको मूल आसय राजीनामा गर्नुपर्छ कि पर्दैन्, राजीनामा नदिए संसद चल्छ कि चल्दैँन् भनेर पक्ष र विपक्ष बहस हुने गर्छ । त्यसैले सञ्चारको जिम्मेवारी भनेको सत्य तथ्य बाहिर ल्याउने हो, सतहीमा हिड्नु भएन् ।’
सोही कार्यक्रममा पूर्वअर्थ राज्यमन्त्री उदय शमशेर जबराले मिडिया ट्रायल, अदालतको ट्रायलभन्दा बढि महत्वपूर्ण हुन लागेको भन्दै यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा पनि ध्यान दिनुपर्ने बताए ।
उनले भने, ‘एक किसिमले मिडिया ट्रायल, अदालतको ट्रायलभन्दा बढि महत्वपूर्ण हुन लागेको छ । यसलाई हामीले कसरी नियन्त्रण गर्ने भन्ने कुरा आउदैँन् तर यसलाई कसरी व्यवस्थित गर्ने त्यतातिर पनि ध्यान दिनुपर्ने हुन्छ । नत्र अहिले सामाजिक सञ्जालले कुनै मान्छेलाई गलत हो भनेर भनेपछि उसलाई अदालतले सहि भनेर पठाए पनि जनताको नजरमा गलत नै हुन्छ । त्यसकारण यसलाई कसरी व्यवस्थापन गर्नुपर्छ त्यतातिर ध्यान दिनुपर्छ ।’
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हरिहर विरही, युनियनकै पूर्वअध्यक्षहरु रमेश तुफान, कुलचन्द्र वाग्ले, समिरजंग शाह, बन्द्री सिग्देललगायतले धारणा राखेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।