माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता

२०८२ जेठ १२ गते सोमवार
सारांश
  • सोमबार काठमाडौंमा दुई दलबीच एकता सहमतिपत्रमा हस्ताक्षर र पत्र आदानप्रदान भएको हो । सहमतिपत्रमा हस्ताक्षर भएसँगै पार्टाी समायोजन सम्बन्धी निर्णयहरु समेत भएको छ । निर्णयहरु पाँच बुँदामा पेश गरिएको छ ।

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र गंगानारायण श्रेष्ठले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीबीच एकता सहमतिपत्रमा हस्ताक्षर र पत्र आदानप्रदान  भएको छ ।


सोमबार काठमाडौंमा दुई दलबीच एकता सहमतिपत्रमा हस्ताक्षर र पत्र आदानप्रदान  भएको हो । सहमतिपत्रमा हस्ताक्षर भएसँगै पार्टाी समायोजन सम्बन्धी निर्णयहरु समेत भएको छ । निर्णयहरु पाँच बुँदामा पेश गरिएको छ । 


१) पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद र माओवाद हुनेछ ।


२) पार्टीको कार्यक्रम नेपाली विशेषता अनुरुपको समाजवादी कान्तिको कार्यक्रम हुनेछ ।


३) समाजवादी क्रान्तिका लागि परिस्थिति अनुरुप सडक, सदन र सरकार लगायतका सबै प्रकारका आन्दोलनका स्वरुपहरुलाई अवलम्बन गरिनेछ । तत्कालको कार्यनीतिक विषयहरुमा पार्टीभित्र छलफल र आपसी सहमतिको आधारमा तय गरिने छ ।


४) पार्टीमा विचारको स्वतन्त्रता र कामकार्यवाहीमा एकरुपताको जनवादी केन्द्रियताको सैद्धान्तिक मान्यता अनुरुप पार्टीलाई संचालन गरिनेछ । कतिपय वैचारिक विषयमा महाधिवेशनसम्म पार्टी पक्तिभित्र छलफल गर्न सकिने छ ।


५) पार्टी समायोजनको नेतृत्व गर्नुभएका क.गंगानारायण श्रेष्ठलाई नेकपा माओवाद केन्द्रको केन्द्रीय सचिव र समायोजन हुने बाँकी सबै कमरेडहरुलाई सम्मानजनक रुपमा संगठनात्मक जिम्मेबारी सहितको कार्यविभाजन गरिनेछ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार