गृहमन्त्री लेखक निर्दोष हुनुहुन्छ, रवि लामिछानेको मुद्दासँग जोड्न मिल्दैन् : डा.महत

२०८२ जेठ १२ गते सोमवार
सारांश
  • सोमबार पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा भएको कांग्रेस पदाधिकारी बैठकमा उनले गृहमन्त्री रमेश लेखक निर्दोष रहेको बताएका हुन् ।

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले भिजिट भिषा प्रकरणमा गृहमन्त्री निर्दोष रहेको बताएका बताएका छन् ।


सोमबार पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा भएको कांग्रेस पदाधिकारी बैठकमा उनले गृहमन्त्री रमेश लेखक निर्दोष रहेको बताएका हुन् ।


उनले अफवाहको शिकार कांग्रेसकै नेताहरु समेत भएको बताए । त्यस्तै उनले भिजिट भिषा प्रकरणलाई आधार मानेर संसद अवरोध गर्नुपर्ने आधार नभएको बताए । यस विषयमा यथार्थ अध्ययन गरेर निष्कर्षमा पुग्नुपर्ने वा गहिराइमा पुग्नुपर्ने बताएका हुन् ।


उनले ‘यस्ता विषमा संसद अवरोध गर्नुपर्ने कुनै आधार नै छैन् । छानबिनको दायरामा उहाँ हुनुहुन्छ । आरोपित गरेर मुद्दा दर्ता गरिएको अवस्था छ । बिना आधारमा सामाजिक सन्जालमा फैलाइएको अफवाहकै आधारमा संसद अवरोध हुन थालेको छ । कहीं पनि यस्तो गर्न मिल्दैन ।’


उनले तत्कालीन गृहमन्त्री रवि लामिछानेविरुद्ध उजुरी नै परेको अवस्था रहेकाले आफूहरूले संसदीय छानबिन समिति माग गरेको उल्लेख गर्दै लेखक र लामिछानेको विषय एउटै नभएको बताए ।

 

‘उहाँ (रवि लामिछाने)सँग जोड्न मिल्दैन । उहाँमाथि आरोप आयो, उजुरी आयो । त्यसकारण हामी संसदीय छानबिन माग गरेका हौँ । यहाँ त न कुनै आरोप छ, न आधार छ । आरोपकै भरमा हामीले पनि निष्कर्ष निकाल्ने कुरा भएन,’ महतले भने ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार