पर्यटकीय विकासको गन्तब्य स्थलहरुको ब्रान्डिङ गर्नुपर्छ : मन्त्री गुरुङ

२०८२ जेठ ११ आइतबार
सारांश
  • आइतबार राष्ट्रिय सामाचार समिति(रासस)को फोटो प्रदर्शनी शुभारम्भ समारोहमा बोल्दै उनले पर्यटनका लागि अन्तर्राष्ट्रियरुपमा देखिने गरी ब्रान्डिङ गर्नुपर्ने औल्याएका हुन् । उनले पर्यटकीय पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए ।

काठमाडौं : सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटकीय विकासको लागि विभिन्न ठाउँलाई ब्रान्डिङ गर्नुपर्ने बताएका छन् । 


आइतबार राष्ट्रिय सामाचार समिति(रासस)को फोटो प्रदर्शनी शुभारम्भ समारोहमा बोल्दै उनले पर्यटनका लागि अन्तर्राष्ट्रियरुपमा देखिने गरी ब्रान्डिङ गर्नुपर्ने औल्याएका हुन् । उनले पर्यटकीय पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए । 


उनले भने, ‘पर्यटनको लागि प्राकृतिक, सांस्कृतिक र साहसिक रुपमा ब्रान्डिङ गर्नुपर्छ । रारा, फेवाताल, खप्तड, शैलुङलाई ब्रान्डिङ गर्नुपर्यो । कुन कुन ठाउँलाई ब्रान्डिङ गर्ने अन्तर्राष्ट्रिय रुपमा देखिनेगरी ब्रान्डिङ गरी पूर्वाधार निर्माण गर्न सकियो त्यसैमा निर्धारित नीति निर्माण बनाउनुपर्छ । जसले गर्दा पर्यटकीय क्षेत्रमा विकास गर्न सकिन्छ ।’ 


उनले पछिल्लो समय सम्बन्धित निकायहरुमा कामभन्दा बढि कुरामा व्यस्त रहने संस्कार भएको भन्दै यसबाट मुलुकको विकास नहुने बताए । 


‘हाम्रो एउटा संस्कार छ, सबै आजित छौ । असाध्यै धेरै कुरा गर्छौ, असाध्यै धेरै भाषणभूषण गर्छौ । काम चाहीं थोरै गर्छौ । सम्बन्धित नीति र कार्यक्रमहरु पनि कम बनाउँछौं । यही गतिले जाने हो भने हामीले खोजेको गन्तब्यमा पुग्न सक्दैनौं । हामीमा काम गर्ने संस्कार भन्दा पनि भेला, गोष्ठी बढि गर्छौ । तर पाइला चाल्ने काम कम गर्छौ । यसबाट हाम्रो मुलुक मुक्त हुनुपर्छ,’ उनले भने । 


यस्तै उनले योजना बनाउनेहरुले मुलुकको आवश्यकता नबुझेको भन्दै विकासमा पुरानो सोचाइ राख्ने गरेको बताए । उनले पर्यटकको विकासका लागि बजेट निर्माण पछाडि पारेको बताए । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार