पानीको देश नेपालमा पिउने पानी कै हाहाकार छ : विमलेन्द्र निधि
२०८२ जेठ १० शनिबार
- नेपाल खानेपानी संस्थान कर्मचारी संघद्वारा शनिबार जनकपुरधाममा आयोजित कार्याशाला गोष्ठीमा बोल्दै नेता निधिले शुद्ध पिउने पानीको व्यवस्था गर्न सरकारले वैज्ञानिक नीति अवलम्बन गर्न आवश्यक रहेको धारणा राखेका हुन् ।+
काठमाडौं : नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले नेपाल पानी नै पानी भएको देश भएतापनि पिउने पानीको हाहाकार भइरहेको बताएका छन् ।
नेपाल खानेपानी संस्थान कर्मचारी संघद्वारा शनिबार जनकपुरधाममा आयोजित कार्याशाला गोष्ठीमा बोल्दै नेता निधिले शुद्ध पिउने पानीको व्यवस्था गर्न सरकारले वैज्ञानिक नीति अवलम्बन गर्न आवश्यक रहेको धारणा राखेका हुन् ।
उनले तराई मधेशका क्षेत्रहरुमा जमिन मुनी पानीको स्तर कम हुँदै गएकोमा चिन्ता व्यक्त गरे । ग्राउण्ड वाटर रिचार्ज गर्ने वैज्ञानिक तरिकाहरु अपनाउन अत्यन्त जरुरी रहेको उनले बताए ।
काठमाडौंमा मेलम्चीको पानी आउने भन्दाभन्दै कयौं पटक प्रयास गरेतापनि अहिलेसम्म सहज रुपमा जनताले पानी पाउन नसकेको उनले गुनासो गरे ।
तराई क्षेत्रमा चुरे विनासका कारण जमिन मुनीको पानीको स्तर घट्दै गएको उनले बताए । अब सरकारले नदी र झरनाको पानीलाई पिउन लायक बनाउने प्रविधि जडान गर्न उनले सुझाव दिए ।
त्यस्तै, नेता निधिले नेपाल खानेपानी संस्थानले अहिलेसम्म दिँदै आएको सुविधाको प्रशंसा गर्दै आगामी दिनमा अझ गुणस्तरीय सेवा जनतालाई प्रदान गर्न आग्रह गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।