देश बिग्रिन नदिन जेठ १५को आन्दोलनमा सबैले सहभागी हुनुपर्छ : अध्यक्ष लिङ्देन
२०८२ जेठ १० शनिबार
- राजसंस्था पुनः स्थापनाको लागि घरदैलो तथा प्रचारप्रसार कार्यक्रममा बोल्दै उनले जेठ १५ गतेको आन्दोलनमा देशवासी नै सहभागी हुनुपर्ने बताएका हुन् ।
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई बिग्रिन नदिनको लागि र भविष्य बिग्रिन नदिनको लागि सबैले आन्दोलनमा सहभागी हुनुपर्ने बताएका छन् ।
राजसंस्था पुनः स्थापनाको लागि घरदैलो तथा प्रचारप्रसार कार्यक्रममा बोल्दै उनले जेठ १५ गतेको आन्दोलनमा देशवासी नै सहभागी हुनुपर्ने बताएका हुन् ।
उनले भने, ‘नेपालको भविष्य बर्वाद हुनेवाला छ । यसकारण यो देशलाई बिग्रिन नदिनको लागि, भविष्य बिग्रिन नदिनको लागि सबैले आन्दोलनमा आउनुपर्छ । यो आन्दोलन नेतृत्व गर्नेको मात्र होइन यो आन्दोलन हामी सबैको साझा आन्दोलन हो । देशवासीको आन्दोलन हो ।’
साथै उनले जनताको एक दिनको धक्काले र योगदानले यो भ्रष्ट व्यवस्था ढल्ने बताए । उनले शान्तिपूर्ण आन्दोलनमा कुनै पनि हिंसात्मक कार्यहरु गर्न नदिन सरकारलाई आग्रह गरे ।
उनले भने, ‘तपाईंको एक दिनको धक्काले र योगदानले यो भ्रष्ट व्यवस्था ढल्छ । र सबैको भविष्य सुरक्षित हुन्छ । हामी शान्तिपूर्ण आन्दोलन गर्छौं । यो शान्तिपूर्ण आन्दोलनमा सरकारलाई हामी कुनै हिंसात्मक कार्यहरु गर्न नदिनको लागि आग्रह गर्न चाहन्छौं ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।