देश माओवादीमय र प्रचण्डमय हुने अवस्था देखिरहेको छु : प्रचण्ड
२०८२ जेठ १० शनिबार
- ‘जनतासँग माओवादी–मध्यपहाडी (पुष्पलाल) लोकमार्ग जनजागरण अभियान’ अन्तर्गत कास्की रानीपौवा, पोखरामा आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले निकै ठूलो जिम्मेवारी माओवादीको काँधमा र एकचोटि फेरि प्रचण्डको काँधमा नयाँ क्रान्ति एवम अभिभारा दिन नेपाली जनता तयार भएको बताएका हुन् ।
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले देशका वृद्धवृद्धाहरु, युवायुवतीहरु र बालबालिकाहरु एकचोटि फेरी माओवादीप्रति समर्पित हुने भाव पैदा भएको देखिएको बताएका छन् ।
‘जनतासँग माओवादी–मध्यपहाडी (पुष्पलाल) लोकमार्ग जनजागरण अभियान’ अन्तर्गत कास्की रानीपौवा, पोखरामा आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले निकै ठूलो जिम्मेवारी माओवादीको काँधमा र एकचोटि फेरि प्रचण्डको काँधमा नयाँ क्रान्ति एवम अभिभारा दिन नेपाली जनता तयार भएको बताएका हुन् ।
उनले भने,‘यो देशका वृद्धवृद्धाहरु, युवायुवती र बालबालिकाहरु पनि एकचोटि फेरी माओवादीप्रति समर्पित हुने भाव पैदा भएको देखिएको छ । देश माओवादीमय, स्वतन्त्रमय बन्दै गएको छ । हामी ०६४ जस्तै देश माओवादीमय हुने र प्रचण्डमय अवस्था देखिरहेको छु । निकै ठूलो जिम्मेवारी माओवादीको काँधमा वा प्रचण्डको काँधमा नयाँ क्रान्ति एवम अभिभारा दिन नेपाली जनता तयार भएको महशुस गरेको छु ।’
साथै उनले पार्टीले सञ्चालन गरेको ‘जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जागरण अभियान’ राष्ट्रिय एकताको अभियान बन्न पुगेको दाबी गरे ।
उनले अभियानका क्रममा पार्टीका सबै शीर्ष नेताहरु सहभागी भएको र त्यस क्रममा जनता, व्यवसायी, कर्मचारी, बुद्धिजीविहरु लगायतबाट प्राप्त सुझावहरुलाई पार्टीले ग्रहण गरेको पनि बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।