राजनितिक चेतनाको आधारमा मधेश समृद्ध भूमि हो : गृहमन्त्री लेखक
२०८२ जेठ १० शनिबार
- शनिबार नेपाली कांग्रेस मधेश प्रदेश, कार्यसमितिद्वारा जनकपुरधाममा आयोजित विशेष बैठकमा बोल्दै गृहमन्त्री लेखकले मधेश प्रदेश राजनितिक रुपले सर्वाधिक चेतनशिल ठाउँ रहेको बताएका हुन् ।
जनकपुर : गृहमन्त्री रमेश लेखकले मधेश प्रदेश सभ्यता, संस्कृति र राजनितिक केन्द्रको आधारमा समृद्ध भूमि भएको उल्लेख गरेका छन् ।
शनिबार नेपाली कांग्रेस मधेश प्रदेश, कार्यसमितिद्वारा जनकपुरधाममा आयोजित विशेष बैठकमा बोल्दै गृहमन्त्री लेखकले मधेश प्रदेश राजनितिक रुपले सर्वाधिक चेतनशिल ठाउँ रहेको बताएका हुन् ।
उनले मुलुकमा लोकतन्त्र स्थापना, गणतन्त्र स्थापना, संघियताको सुनिश्चितताका निम्ति, समावेशी चरित्रको राज्य निर्माण गर्न लगायत हरेक राजनितिक परिर्वतनको आन्दोलनमा मधेश प्रदेशको सबै भन्दा ठूलो भूमिका रहेको बताए ।
गृहमन्त्री लेखकले संविधानको कार्यान्वयन र संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने संविधानका मुल तत्वहरुको सुदृढिकरण नै सबै भन्दा राम्रो बाटो र उपाय भएको बताए । उनले मधेश प्रदेशले यी कुराहरुलाई गम्भिरतापूर्वक राम्ररी बुझेको उल्लेख गरे ।
अहिले संविधान र संघियतालाई समाप्त गर्न संविधान विरोधी गतिविधिहरु भइरहेकाले मधेश र मधेशी जनताले यो कुरा बुझ्न जरुरी रहेको उनले धारणा राखे ।
विशेष बैठकमा प्रदेशका नेता, कार्यकर्ताहरुले गृहमन्त्री लेखकलाई प्रदेशका गतिविधि र राजनितिक अवस्थाबारे जानकारी गराउनुका साथै आफ्ना समस्याहरु सुनाएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।