महिला सशक्तिकरणको क्षेत्रमा नेपालले ठूलो प्रगती हासिल गरेको छ : सचिव अर्याल
२०८२ जेठ ९ शुक्रबार
- शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले पछिल्लो तीन दशकमा नेपालले थुप्रै प्रगती गरेको र त्यसमध्ये लैङ्गि समानता, महिला सशक्तिकरण र सूचना प्रविधिको क्षेत्रमा रुपान्तरण भएको बताइन् ।
काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले सामाजिक, आर्थिक र राजनीतिक हिसाबले नेपालमा महिला सशक्तिकरणको क्षेत्रमा ठूलो प्रगती भएको बताएकी छिन् ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले पछिल्लो तीन दशकमा नेपालले थुप्रै प्रगती गरेको र त्यसमध्ये लैङ्गि समानता, महिला सशक्तिकरण र सूचना प्रविधिको क्षेत्रमा रुपान्तरण भएको बताइन् ।
उनले भनिन्, ‘पछिल्लो तीन दशकमा नेपालले सामाजिक, आर्थिक र राजनीतिक हिसाबमा लैङ्गि समानता र महिला सशक्तिकरणको क्षेत्रमा ठूलो प्रगती हासिल गरेको छ । वर्तमान समयमा पनि नेपालले सञ्चार र सूचना प्रविधिको क्षेत्रमा प्रमुख रुपान्तरणहरु हासिल गरेको छ । साथै नेपाली महिलाहरु पनि अगाडि बढ्दै गएका छन् । तर अझैपनि चुनौतीहरुको सामना गर्नुपरेको छ ।’
यस्तै, उनले धेरैभन्दा धेरै महिलाहरुलाई प्रविधिको क्षेत्रमा ल्याउन आवश्यक रहेको भन्दै यसबारे नीति बनाएर अगाडि बढ्नुपर्ने बताइन् ।
उनले भनिन्, ‘धेरैभन्दा धेरै महिलाहरुलाई प्रविधिको क्षेत्रमा ल्याउन आवश्यक छ । यसबारे नीति बनाएर अगाडि बढ्नुपर्छ । महिलाहरुको विचार, सिर्जनात्मकता, रचनात्मकता र आवाज भविष्यका लागि आवश्यक छ ।’
पुरुष र महिला दुवैको काम, नेतृत्व, योगदान उद्योग र नवप्रवर्तनमा अत्यन्त आवश्यक भएको पनि उनको भनाइ छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
-
मधेशको आर्थिक वृद्धिदर १.३१ प्रतिशतमा सीमित
-
विश्व बजारमा कच्चा तेलको मूल्य ११० डलर नजिक
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’