भ्रष्टाचारमुक्त जनउत्तरदायी प्रशासनसहितको सत्ता आवश्यक : जनार्दन शर्मा
२०८२ जेठ ९ शुक्रबार
- वर्तमान राजनीतिक समस्या र समाधान विषयक अन्तरक्रियामा बोल्दै उनले विगतमा सुशासन र भ्रष्टाचारबारे धेरै बोल्ने गरेको भएपनि थोरै पनि लागू गर्न नसकेको बताएका हुन् ।
काठमाडौं : नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवम पूर्वमन्त्री जनार्दन शर्माले भ्रष्टाचार मुक्त जनउत्तरदायी प्रशासनसहितको दिगो नेतृत्वको सत्ता आवश्यकता रहेको बताएका छन् ।
वर्तमान राजनीतिक समस्या र समाधान विषयक अन्तरक्रियामा बोल्दै उनले विगतमा सुशासन र भ्रष्टाचारबारे धेरै बोल्ने गरेको भएपनि थोरै पनि लागू गर्न नसकेको बताएका हुन् ।
उनले भने, ‘विगतमा सुशासन र भ्रष्टाचारबारे धेरै बोल्यौं । तर थोरै पनि लागू गर्न सकेनौं । अब हामीसँग भ्रष्टाचार मुक्त जनउत्तरदायी प्रशासन सहितको दिर्घ नेतृत्वको सत्ता आवश्यकता छ । देशमा रोजगारीको अवसर सिर्जना गर्न नसकेको कारणले अधिकांश युवा विदेशमा पसिना बगाइरहेका छन् । यसबाट देशलाई गम्भिर समस्या आइलागेका छन् । देश विकास र समृद्धिको लागि चाहिने युवा शक्ति जोश जाँगर र परिश्रम विदेशको विकास र समृद्धिमा तल्लिन हुनु परेको छ ।’
साथै उनले नेपालको आजसम्मको असफल विकास यात्राको सबैभन्दा ठूलो कारक तत्वको रुपमा कार्यकारी संयन्त्र अन्तरगतका संस्था र संस्थागत संरचना भएको बताए । उनले नेपाल एक असफल राष्ट्र भएको बताउँदै जनताको निराशा र आक्रोश चुलिँदै गएको बताए ।
यसैगरी नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अहिलेको समस्याको समाधान बेरोजगारीको रोजगारी र कुशासनको सुशासन भएको बताए । उनले संसारको विकासको इतिहास, स्थायित्वको इतिहास, सफलताको इतिहास जस्तोसुकै इतिहास पढ्नुस् हाम्रा जस्ता समाजहरुले यो चरण पार गरेर जानुपर्ने बताए ।
उनले भने, ‘अहिलेको समस्याको समाधान बेरोजगारीको रोजगारी हो । कुशासनको सुशासन हो । संसारको विकासको इतिहास, स्थायित्वको इतिहास, सफलताको इतिहास जस्तोसुकै इतिहास पढ्नुस् हाम्रा जस्ता समाजहरुले यो चरण पार गरेर जानुपर्छ । अरु राजनीतिक ब्याख्या, अर्थशास्त्रीहरुको ब्याख्या, अरु समाजशास्त्रीहरुको ब्याख्या यसले काम दिँदैन । र नेपाली समाजमा जुन ज्वरो आउँदैछ , ज्वरोको डिग्री बढ्दैछ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।