१९ बर्षसम्म द्वन्द्व पीडितका मुद्दालाई थाँती राख्नु सामान्य कुरा होइन् : डा. भट्टराई
२०८२ जेठ ८ बिहिबार
- बिहीबार काठमाडौंमा आयोजित ‘मानव अधिकार र लोकतन्त्रमा संक्रमणकालिन न्यायको असर’ विषयक नागरिक स्तरीय कार्यक्रममा उनले १९ वर्षसम्म द्वन्द्व पीडितको कुुरालाई थाती राख्ने कुरा दुःखलाग्दो भएको भन्दै यसबारे आत्मालोचना गरेर यो विषयलाई टुङ्गो लगाउनुपर्ने बताए ।
काठमाडौं : नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले सत्य निरुपण तथा मेलमिलाप आयोगको कामलाई छिटो सम्पन्न गर्नुपर्ने बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित ‘मानव अधिकार र लोकतन्त्रमा संक्रमणकालिन न्यायको असर’ विषयक नागरिक स्तरीय कार्यक्रममा उनले १९ वर्षसम्म द्वन्द्व पीडितको कुुरालाई थाती राख्ने कुरा दुःखलाग्दो भएको भन्दै यसबारे आत्मालोचना गरेर यो विषयलाई टुङ्गो लगाउनुपर्ने बताए ।
उनले भने, ‘सत्य निरुपण तथा मेलमिलाप आयोगको काम अझै सम्पन्न हुन सकेको छैन् । हामीले केही महिना र वर्षभित्र सम्पन्न गर्ने भनेको कुरा १९ वर्षसम्म पूरा हुँदा द्वन्द्व पीडित परिवारको अवस्था के भएको होला । १९ वर्षसम्म यस्तो कुुरालाई यसरी थाती राख्न मिल्छ । हामी सबै आत्मालोचक बन्नुपर्छ र यो विषयलाई टुङ्गो लगाउनुपर्छ ।’
यस्तै, उनले शान्ति सम्झौताको बेला वेपत्ता भएको विषयलाई ६० दिनभित्र दुवै पक्षले सार्वजनिक गर्ने भनिएपनि आजसम्म त्यो पूरा नभएको बताए ।
उनले भने, ‘सत्य निरुपण तथा मेलमिलाप आयोग जसलाई हामीले शान्ति सम्झौताको अभिन्न अंगको रुपमा मानेका थियौं । शान्ति सम्झौताको बेला वेपत्ता भएको विषयलाई ६० दिनभित्र दुवै पक्षले सार्वजनिक गर्ने भन्ने कुरा प्रष्ट लेखिएको छ । साथै सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेर यो विषयलाई टुङ्गो लगाउने, सत्यको छानबिन गर्ने, मानव अधिकारको प्रत्याभूति गरेर दिगो शान्तिको प्रत्याभूति गर्ने भन्ने विषयमा दुई पक्ष मिलेर अगाडि बढ्ने भन्ने कुरा थियो तर त्यो बेला संसद थिएन ।’
उनले आफू प्रधानमन्त्री हुँदा सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता सम्बन्धी आयोगका कामहरु सम्पन्न गर्ने भनेर लागेको पनि सुनाए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।