बैंकको उद्देश्य र पैसाको अवधारणामा हामी आफैं कन्फ्युज हुन्छौं : पूर्वगभर्नर नेपाल
२०८२ जेठ ७ बुधबार
- अर्थ समितिको बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो (संशोधन विधेयक),२०८० का विषयमा विज्ञ र सरोकारवालासँग छलफल गरेको हो ।
काठमाडौं : बुधबार बसेको अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो (संशोधन विधेयक),२०८० का सम्बन्धमा छलफल भएको छ ।
अर्थ समितिको बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो (संशोधन विधेयक),२०८० का विषयमा विज्ञ र सरोकारवालासँग छलफल गरेको हो ।
उक्त छलफलमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति कानुन विपरीत गरेको बताएका छन् । उनले नवनियुक्त गभर्नर विश्व पौडेल गभर्नर बन्न अयोग्य रहेको बताएका हुन् ।
उनले भने, ‘यही समितिको कुरा हो गभर्नर । यही समितिमा म माग गर्दछु संसदीय समिति बनाईयोस् छानविन गराइयोस् । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर कानुन विपरीत नियुक्त गरेको छ । कानुनी रुपमा गभर्नर नियुक्त छ की छैन भनेर छानविन समिति बनाइनुपर्छ ।’
यसैगरी, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवि नेपालले बैंक के को लागि हो भनेर बुझ्नुपर्ने बताएका छन् । उनले नेपालको चलन पैसा भन्ने चिज कसरी आउँछ ? कुन रुपबाट आउँछ ? यसको उपयोग कसरी गर्ने भन्ने कुरामा हामी आफैं कन्फ्युज हुने गरेको बताए ।
उनले भने, ‘हामीले बैंक के को लागि हो भनेर बुझ्नुपर्ने हुन्छ । हाम्रो चलन के छ भन्दा हामीलाई पैसा चाहिएको छ । देश विकास गर्नु पनि छ, तर हामी आफैं कुन रुपमा कन्फ्युज छौं भन्दा पैसा भन्ने चिज कसरी आउँछ ? कुन रुपबाट आउँछ ? यसको उपयोग कसरी गर्ने भन्ने कुरामा हामी आफैं कन्फ्युज छौं ।’
साथै, उनले नेपालमा कानुन बने पनि त्यसको कुनै अर्थ नहुने गरेको बताए । उनले के उदेश्यले बैंक राख्ने, बैंकमा लगानि किन गराउने यो सबै बुझ्न आवश्यक रहेको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’