भूमिसम्बन्धी विधेयक फिर्ता लिन सरकारसँग संघीय लोकतान्त्रि मोर्चाको माग
२०८२ जेठ ७ बुधबार
- बुधबार बसेको जनमत पार्टीले संघीय लोकतान्त्रि मोर्चाको मूल समितिको बैठकले विधेक असंवैधानिक रहेको निष्कर्ष निकाल्दै सरकारलाई फिर्ता लिन आग्रह गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता शरदसिंह यादवले जानकारी दिए ।
काठमाडौं : संघीय लोकतान्त्रि मोर्चा सरकारले ल्याएको भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक फिर्ता लिन आग्रह गर्ने निष्कर्ष निकालेको छ ।
बुधबार बसेको जनमत पार्टीले संघीय लोकतान्त्रि मोर्चाको मूल समितिको बैठकले विधेक असंवैधानिक रहेको निष्कर्ष निकाल्दै सरकारलाई फिर्ता लिन आग्रह गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता शरदसिंह यादवले जानकारी दिए ।
उनले भने,‘यो सरकारले संसद प्रस्तुत गरेको भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न विधेयक ल्याएको छ । संविधानको अनुसूची ६ अनुरुप भूमि व्यवस्था र भूमिसुधार सम्बन्धी अभिलेख राख्ने अधिकार रहेकोले प्रदेशको क्षेत्रअधिकारमा हस्तक्षेपगरी ल्याएको विधेयक असंवैधानिक रहेको भूमि ऐन र सुकुम्बासीको समस्या समाधान यो विधेयबाट हुन सक्दैन् । सुकुम्बासीको समस्या समाधान गर्न प्रचलित ऐन नै पर्याप्त रहेको छ । यो जनताको हितमा नरहेकोले सरकारले फिर्ता लिनुपर्छ भन्ने अनुरोध गरिएको छ ।’
त्यस्तै बैठकले आगामि बजेट जनसङख्या र मानव विकास सूचाङकको आधारमा विनियोजन गर्न आग्रह समेत गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’