राज्यले कर्णालीलाई अन्याय मात्र होइन अपराध नै गरिरहेको छ : ज्ञानेन्द्र शाही
२०८२ जेठ ६ मंगलबार
- मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले हुम्ला जिल्लामा हिमपहिरो गएर जनताहरु मरिरहेको अवस्थामा सरकारले एउटा हेलिकप्टर पनि पठाउन नसकेकोमा आक्रोश पोखे ।
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले कर्णालीलाई राज्यले अन्याय मात्र नभइ अपराध नै गरेको दाबी गरेका छन् । यदी सरकारले कर्णालीलाई अलग बनाउछ भने राज्य व्यवस्थाबिना कर्णाली चलाएर देखाउने चेतावनी उनको थियो ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले हुम्ला जिल्लामा हिमपहिरो गएर जनताहरु मरिरहेको अवस्थामा सरकारले एउटा हेलिकप्टर पनि पठाउन नसकेकोमा आक्रोश पोखे । उनले सरकारको दिमागमा जाम लाग्यो कि, आँखामा रतन्धो लाग्यो कि, कानमा ढुसी पर्यो कि, हेलिकप्टरमा खिया लाग्यो कि भन्दै प्रश्न पनि गरे ।
उनले भने, ‘हुम्ला जिल्लामा हिमपहिरो गएको छ । तर अहिलेसम्म सरकारले उद्धार गरेको छैन् । त्यसैले भन्न चाहन्छु–सरकारको दिमागमा जाम लाग्यो कि, आँखामा रतन्धो लाग्यो, कि कानमा ढुसी पर्यो कि, हेलिकप्टरमा खिया लाग्यो ? मन्त्रीहरुको सवारी हुँदा हेलिकप्टर घुमीरहेको छ । तर हुम्लामा हिमपहिरो गएर, हिमताल फुटेर जनताहरु रोइरहेका छन्, एउटा हेलिकप्टर पठाउन सकेको छैन् । सरकारले के कर्णालीलाई हेपेको हो ?’
यदी सरकारले राज्यबाट कर्णालीलाई अलग बनाउने हो भने आफैं चलाएर देखाउने चेतावनी दिए । यस्तै, उनले जनता हिमपहिलो गएर अलपत्र परेको अवस्थामा सरकार सगरमाथा संवाद जस्तो नाटकबाजी गरिरहेको पनि बताए ।
उनले भने, ‘एउटा सामान्य राज्यमन्त्री जाँदा हेलिकप्टर चढेर जानुहुन्छ तर त्यहाँको जनता हिमपहिलो गएर अलपत्र परेका छन् । कसैलाई वास्ता छैन् । यस विषयमा सभामुखले रुलिङ गर्नुपर्छ, कर्णालीका जनता पनि जनता हुन् ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।