नेपालको आर्थिक कुटनीतिमा आइटी क्षेत्रलाई केन्द्रमा राखौं सुनिता बराल
२०८२ जेठ ६ मंगलबार
- मगंलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सचेतक समेत रहेकी बरालले केही कुटनीतिक मिसनहरुले नेपालको आइटी क्षमतालाई नेपाल बाहिर पनि सक्रिय बनाउन सकिन्छ भन्ने सुझाव दिएकाले सो आधारमा आइटीलाई प्राथामिकतामा राख्न जरुरी रहेको बताएकी हुन् ।
काठमाडौं : नेकपा एमालेकी सांसद सुनिता बरालले नेपालको आइटी क्षमतालाई मुलुक बाहिर सक्रिय बनाउन सकिने बताएकी छन् ।
मगंलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सचेतक समेत रहेकी बरालले केही कुटनीतिक मिसनहरुले नेपालको आइटी क्षमतालाई नेपाल बाहिर पनि सक्रिय बनाउन सकिन्छ भन्ने सुझाव दिएकाले सो आधारमा आइटीलाई प्राथामिकतामा राख्न जरुरी रहेको बताएकी हुन् ।
उनले नेपालको आर्थिक कुटनीतिकमा आइटी क्षेत्रलाई केन्द्रमा राख्नपर्ने जानकारी दिइन् । उनले देशको आर्थिक कुटनीतिमा आइटीलाई केन्द्रमा राखेर काम गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
उनले ‘नेपाल विश्वव्यापी डिजिटल परिवर्तनका तर्फबाट आर्थिक वृद्धिको ठूलो अवसर प्राप्त गर्ने तयारीमा छ । नेपालको आर्थिक कुटनीति एवम सूचना क्षेत्रमा आइटी क्षेत्रलाई केन्द्रमा राख्नुपर्छ । हाम्रा कुटनीतिक मिसनहरुले नेपालको आइटी क्षमतालाई नेपाल बाहिर कसरी सक्रिय बनाउन सकिन्छ भन्ने कुरा प्राथमिकतामा राख्न जरुरी रहेको छ,’ उनले अगाडि भनिन्,‘डिजिटल अर्थतन्त्रले विश्वभर परम्परागत क्षेत्रलाई उछिनेर अगाडि बढिरहेको छ । अध्ययन अनुसार डिजिटल अर्थतन्त्रले विश्वव्यापी जिडिपीको ४.५ प्रतिशत हिस्सा ओगटेको छ । जुन २.५ प्रतिशतले वृद्धि भइ सकेको छ । विश्वको ध्यान तान्न र प्राथमिकतमा राख्न सफल भएको आइटी क्षेत्रलाई आर्थिक कुटनीतिसँग जोड्न जरुरी छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।