दुवै पक्ष मिलेर जोखिम न्यूनिकरणमा लाग्न गृहमन्त्रीको आग्रह
२०८२ जेठ ६ मंगलबार
- मंगलबार मनसुन पूर्वतयारी सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले गैरसरकारी, निजी क्षेत्र र राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरु सबै मिलेर जोखिम न्यूनिकरण र व्यवस्थापन गर्ने काममा लाग्नुपर्ने बताए ।
काठमाडौं : गृहमन्त्री रमेश लेखकले गैरसरकारी र सरकारी दुवै पक्ष मिलेर जोखिमलाई न्यूनिकरणको काममा लाग्नुपर्ने बताएका छन् ।
मंगलबार मनसुन पूर्वतयारी सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले गैरसरकारी, निजी क्षेत्र र राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरु सबै मिलेर जोखिम न्यूनिकरण र व्यवस्थापन गर्ने काममा लाग्नुपर्ने बताए ।
उनले भने, ‘अहिले गैरसरकारी संस्था, निजी क्षेत्र र राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरु जसले जोखिम न्यूनिकरण गर्ने र व्यवस्थापन गर्ने कुरामा सहयोग गर्न सक्नुहुन्छ उहाँहरुसँग अन्तरक्रिया र छलफल गरेर सरकारी र गैर सरकारी दुईवटै क्षेत्र मिलेर जोखिमलाई न्यूनिकरण गरौं भन्ने हो ।’
यस्तै, उनले मनसुनको समयमा हुने विपदका जोखिमहरु न्यूनिकरण गर्ने र विपद भयो भने त्यसको व्यवस्थापन कसरी गर्ने भनेर विपद प्राधिकरणले निरन्तर छलफल र तयारीहरु गरिरहेको पनि बताए ।
उनले भने, ‘पूर्व मनसुनको अवस्थामा छौ । केही समयपछि मनसुन सुरु हुन्छ । त्यसकारण अहिले प्राधिकरणले निरन्तर रुपले मनसुनको समयमा हुने विपदका जोखिमहरु न्यूनिकरण गर्ने र विपद भयो भने त्यसको व्यवस्थापन कसरी गर्ने भनेर निरन्तर छलफल र तयारीहरु गरिरहेको छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’