- सोमबार उपन्यास ‘सान्दाजुु’ लोकार्पण समारोह कार्यक्रममा बोल्दै उनले युरोपमा सबैभन्दा धेरै लडाई नै साँस्कृतिक समानता भएका मुलुकसँग भएको भन्दै हाम्रो पनि भारतसँग साँस्कृतिक समानता भएर सबै ठिक नहुने बताएका हुन् ।
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले छिमेकी मुलुकसँग साँस्कृतिक समानता मात्र भएर नपुग्ने बताएका छन् ।
सोमबार उपन्यास ‘सान्दाजुु’ लोकार्पण समारोह कार्यक्रममा बोल्दै उनले युरोपमा सबैभन्दा धेरै लडाई नै साँस्कृतिक समानता भएका मुलुकसँग भएको भन्दै हाम्रो पनि भारतसँग साँस्कृतिक समानता भएर सबै ठिक नहुने बताएका हुन् ।
‘नेपाल र भारतको साँस्कृतिक सम्बन्ध र समानता भएर मात्र सबैकुरा ठिकठाक हुन्छ भन्ने छैन ्। किनभने युरोपमा सबैभन्दा धेरै लडाई नै साँस्कृतिक समानता भएका मुलुकसँग भएको छ । समकालीन राजनीतिक विमर्शमा आएको जतिपनी विषयहरु छन् ति पार्टी र सरकारसँगको सम्बन्ध कस्तो हुनुपर्छ, नेताको परिवारप्रतिको जवाफदेहीता कस्तो हुनुपर्छ भन्ने प्रश्नहरु छन् । यस्ता पश्नहरुको जवाफ खोज्दा विपी कोइरालाका साहित्यहरुबाट उत्तर भेटाउन सक्छौं ।’
उनले नेपाली कांग्रेसभित्र पनि विपीका साहित्यको चर्चा हुने एवम पढिने गरेकाले आफूलाई चाहिएको समयमा मात्र उनको व्यख्या गरिने गरेको बताए ।
‘विपी कोइरालाको साहित्यलाई पढेका छैनौ । नेपाली कांग्रेसभित्र पनि चर्चा गरेका छैनौ । विपी कोइरालाले कही भनेका कुरालाई आफूलाई चाहिएको कोटेशन बनाएर ल्याएर विपी यसो भन्नुहुन्थो भन्दै व्यख्या गर्छौ । विपीलाई महामानव बनाएर गुम्साएर राख्छौ ।’
यस्तै उनले उपन्यास ‘सान्दाजुु’ ले विपी कोइरालालाई नयाँ पुस्तामा परिचित गराएको नेपाली कांग्रेसका सबै नेता कार्यकर्ता सान्दाजुको सन्तति भएको बताए ।
सो क्रममा महामन्त्री थापाले आफ्नो पार्टी नेपाली कांग्रेस सरकारमा भएपनि स्थानीय तहदेखि केन्द्रसम्म असन्तुष्टि र उकुसमुकुस भएको बताए ।
सो अवसरमा थापाले सुभाष घिमिरेद्वारा लिखित जननायक बीपी कोइरालाको जीवनकथामा आधारित ऐतिहासिक उपन्यास ‘सान्दाजु’को लोकार्पण गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।