- आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसद नै आत्मसम्मानलाई धितो राख्ने ठाउँ रहेको बताएकी हुन् ।
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले संसद जनताहरुलाई ढाट्ने थलो रहेको बताएकी छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसद नै आत्मसम्मानलाई धितो राख्ने ठाउँ रहेको बताएकी हुन् ।
उनले भनिन्, ‘बाहिरबाट हेर्दाखेरी यो संसदको लोप लाग्थ्यो । तर संसदभित्र आइसकेपछि के थाहा पाए त यो त ढाट्ने थलो पो रहेछ । यहाँ आत्मसम्मानलाई धितो राख्ने ठाउँ रहेछ । यो जस्तो निरष्ठ ठाउँ त कहिँ पनि रहेनछ । यहाँ बोलिदो रहेछ तर बोलेका कुरा नसुनिदो रहेछ । यहाँ कुसीहरु खाली हुँदा रहेछन् र सरकारले जहिले पनि जनतालाई सांसदको रुपबाट ढाट्दो रहेछ ।’
साथै उनले यो सरकार निरकुंश भैइरहेको बताइन् । उनले बन्नुपर्ने विषयहरुमा संसदमा छलफल गरिरहँदा यता मान्यज्यूहरु खासखुस र मोबाइलमा गेम खेलिरहेको अवस्था रहेको बताइन् ।
उनले भनिन्, ‘बन्नुपर्ने विषयहरुमा हामी छलफल गरिरहेका हुन्छौं तर यता मान्य ज्यूहरु खासखुस र मोवाइलमा गेम खेलिरहेको सिन देखिन्छ । यो सरकार निरकुंश भैइरहेको छ । बोल्ने लेख्ने स्वतन्त्रता किन हुँदैन ? गणतन्त्रले दिएको यही हो नेपाली जनातालाई उपहार ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’