राजावादीको आन्दोलनमा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारले दिए मानव अधिकार आयोगमा निवेदन
२०८२ जेठ ४ आइतबार
- आइतबार सुरेशकी श्रीमति सुजनी मगिया लगायतले उनको रहस्यमय र शंकास्पद् अवस्थामा निधन भएको भन्दै घट्नाको सत्यतथ्य छानबिनको लागि आयोगमा पुगेर निवेदन दिएका हुन् ।
काठमाडौं : काठमाडौंको तीनकुनेमा गत चैत्र १५ गते राजावादीको आन्दोलनमा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारले मानव अधिकार आयोगमा निवेदन दिएका छन् ।
आइतबार सुरेशकी श्रीमति सुजनी मगिया लगायतले उनको रहस्यमय र शंकास्पद् अवस्थामा निधन भएको भन्दै घट्नाको सत्यतथ्य छानबिनको लागि आयोगमा पुगेर निवेदन दिएका हुन् ।
‘आइतबार चैत्र १५ गते राजावादीको आन्दोलनको प्रत्यक्ष प्रसारण गर्ने क्रममा मेरो श्रिमानको रहस्यमय र शंकासपद् अवस्थामा निधन भएको थियो । उक्त घटना योजनाबद्ध, षड्यन्त्र गर्दै वा कुनै अपराधिक कार्य भएको आशंका रहेको छ । र राज्यबाट उचित छानबिन नभएको कारणले म मानव अधिकार आयोग समक्ष सत्यतथ्य छानबिनको लागि यो निवेदन पेश गर्दछु । र शिघ्र न्यायको माग गर्दछु ।’ निवेदनमा भनिएको छ
त्यस्तै निवेदन बुझ्दै आयोगकी उपसचिव मञ्जु खतिवडाले उक्त घट्नालाई अनुसन्धानभन्दा पनि फास्टट्रयाकमा अनुसन्धान हुनुपर्छ भन्ने कुरालाई गम्भिर रुपमा लिएर आयोगले काम गरेको बताइन् । अनुसन्धानको सबै पाटो सक्किएको भन्दै उनले अब एक दुई दिनमा नै अनुसन्धानबाट देखिएको विषय सार्वजनिक गर्ने समेत जानकारी गराइन् ।
उनले भनिन्,‘यो घट्नाको अनुसन्धानभन्दा पनि फास्टट्रयाकमा अनुसन्धान हुनुपर्छ । यो गम्भिर विषय हो भनेर आयोगले एकदम गम्भिरतापूर्वक लिएको विषय हो यो । अनुसन्धान अस्ति शुक्रबार फाइनल भयो र रिपोर्ट दर्ता समेत गरिसकेको छौं एक दुई दिनमा यो कुराहरु हामी मिडियामा लिएर आउने छौं । हामीले के देख्यौं के पायौं भनेर ।’
त्यस्तै उनले यस घट्नामा आयोगले बाहिरबाट दुई जना विज्ञ समेत ल्याएर अनुसन्धान गरेको जानकारी दिईन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’