- नयाँ कार्यसमितिमा दुर्गाप्रसाद खड्का वरिष्ठ उपाध्यक्ष, द्रोणराज पाण्डेय उपाध्यक्ष, बालाराम पाण्डेय महासचिव, विनय घिमिरे सचिव र रेमलाल गिरी कोषाध्यक्षमा चयन भएका छन् ।
काठमाडौँ : दाङ जग्गा तथा आवास विकास संघको शनिबार सम्पन्न साधारणसभा तथा प्रथम अधिवेशनले रामप्रसाद पाखरेललाई सर्वसम्मतरूपमा संघको अध्यक्षमा चयन गरेको छ । घोराहीमा सम्पन्न अधिवेशनले पोख्रेलको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिमा दुर्गाप्रसाद खड्का वरिष्ठ उपाध्यक्ष, द्रोणराज पाण्डेय उपाध्यक्ष, बालाराम पाण्डेय महासचिव, विनय घिमिरे सचिव र रेमलाल गिरी कोषाध्यक्षमा चयन भएका छन् ।
यस्तै, गोविन्दप्रसाद देवकोटा, मेघराज खड्का, अभियान वस्नेत, दिलीप खनाल, झुप्पलबहादुर केसी, नरेश बुढा मगर, दिपेन्द्र पुन मगर, डिल्लीबहादुर भण्डारी, सुनिल पाण्डेय र गञ्जबहादुर विष्ट सदस्यमा निर्वाचित भएका छन् ।
नवअध्यक्ष पोख्रेलले आफ्नो नेतृत्वमा संघलाई थप सशक्त बनाउने प्रतिबद्धता जनाए ।, उनले भने, ‘हामी जग्गा तथा आवास क्षेत्रको व्यवसायलाई व्यवस्थित र योजनाबद्ध रूपमा अघि बढाउँछौं। संघलाई व्यावसायिक हितका साथै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय बनाइनेछ ।’
कार्यक्रममा नेपाल जग्गा तथा आवास विकास संघका केन्द्रीय अध्यक्ष विष्णुप्रसाद घिमिरेले दाङको टरिगाउँ विमानस्थलको विस्तार अझै नहुनु दुःखद् भएको भन्दै, पूर्वाधारको विकास विना दाङको समुचित विकास सम्भव नहुने धारणा राखे ।
त्यसैगरी लुम्बिनी प्रदेशका पूर्वमन्त्री राजु खनालले सरकारले ल्याएको जग्गा कित्ताकाट रोक्ने निर्णयको आलोचना गर्दै आवास क्षेत्रलाई उद्योगको रूपमा स्वीकार गर्नुपर्ने बताए।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्माले आवास, कृषि, पर्यटन र उद्योगलाई छुट्याएर योजना बनाइनु पर्ने धारणा राखे भने तुलसीपुर उपमहानगर प्रमुख टीकाराम खड्काले उत्पादनशील जमिन टुक्र्याउने प्रवृत्तिले भविष्यमा अव्यवस्थित शहर बनाउने चेतावनी दिए ।
नेपाल जग्गा तथा आवास विकास महासंघका उपाध्यक्ष दीपक कुँवर, स्वर्गद्वारी नगरपालिकाका उपमेयर मीनराज राना, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट लगायतले आ–आफ्ना धारणा राखेका थिए । लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख छबिराज पोख्रेलले राजधानी गुरुयोजनाको प्रस्तुति दिएका थिए ।
कार्यक्रमको अध्यक्षता संघका जिल्ला अध्यक्ष श्रीधर महराले गरेका थिए भने स्वागत मन्तव्य नारदमणि पोख्रेलले र सञ्चालन राशी रिजालले गरेका थिए।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’