विद्युतीय सवारी साधनको प्रवद्र्धनमा छौं : शाक्य

२०८२ जेठ ३ शनिबार
सारांश
  • शनिबार सगरमाथा संवादमा बोल्दै उनले हाल नेपालमा भएको विद्युतीय सवारी साधन धेरै नै कम भएको भन्दै यसलाई बढाउन नीजि चार्जिङ स्टेशनहरुलाई पनि प्रोत्साहन गरिरहेको बताए ।

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युतीय सवारी साधनलाई अपनाएर यसलाई प्रवद्र्धन गर्न खोजिरहेको बताएका छन् । 


शनिबार सगरमाथा संवादमा बोल्दै उनले हाल नेपालमा भएको विद्युतीय सवारी साधन धेरै नै कम भएको भन्दै यसलाई बढाउन नीजि चार्जिङ स्टेशनहरुलाई पनि प्रोत्साहन गरिरहेको बताए । 


उनले सुरुवातमा ६२ वटा चार्जिङ स्टेशनहरु भएपनि अहिले सात सयभन्दा बढि चार्जिङ स्टेशनहरु रहेको भन्दै त्यसलाई प्राधिकरणले ११ केबीको मध्यम भोल्टेज विद्युत दिएर प्रवद्र्धन गरिरहेका बताए । 


उनले भने, ‘हामी विद्युतीय सवारी साधनलाई अपनाएर यसलाई प्रवद्र्धन गर्न खोजी रहेका छौ । नेपालमा धेरै विद्युतीय सवारी साधनहरु छन् तर अझै पनि यातायात व्यवस्था प्रर्याप्त छैन् । त्यसकारण हामीले देशभर चार्ज गर्ने स्थान बढाउनुपर्छ । पहिला हामीसँग ६२ वटा चार्जिङ स्टेशनहरु थिएभने अहिले नीजि चार्जिङ स्टेशनहरुलाई पनि प्रोत्साहन गरिरहेको हुनाले सात सयभन्दा बढि स्टेशनहरु छन् । प्राधिकरणबाट ती चार्जिङ स्टेशनहरुमा ११ केबीको मध्यम भोल्टेज विद्युत जान्छ । यसरी विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गरिरहेका छौ ।’ 


यस्तै, उनले नेपालमा सडकमा गुड्ने ठूला ट्रक र बसहरु सबै पेट्रोलबाट चल्ने हुनाले सबैलाई विद्युतीय सवारी साधनमा परिणत गर्ने प्रक्रिया र नियमन आवश्यक भएको पनि बताए । 


उनले भने, ‘विद्युतीय सवारी साधनको कुरा आएको छ । अहिले नयाँ विद्युतिय सवारी साधन भित्राउने योजनामा छौ तर यो काम गर्दैगर्दा रोडमा गुड्ने ट्रक र ठूला बसहरु सबै पेट्रोलबाट चल्ने साधन हुन् । यी सबैलाई विद्युतीय सवारी साधनमा परिणत गर्नुपर्छ भनेर प्रयास गरिरहेका छौ । तर यसमा धेरै चुनौतीहरु छन् । हामीले यो विगत २० वर्षदेखि गर्न खोजिरहेका छौं । तर विद्युतीय सवारी साधनमा परिणत गर्ने र यसलाई नियमन गर्ने काम गर्न सकिरहेका छैनौ ।’


उनले नेपालमा ९५ प्रतिशत जनताको पहुँचमा विद्युत पुगेको पनि बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार