कम्युनिष्ट आन्दोलनलाई सडक र सदनबाट उठाउने मदन भण्डारी नै हुन् : खनाल
२०८२ जेठ ३ शनिबार
- शनिबार मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भण्डारीको देश भक्तिपूर्ण दृष्टिकोण अविस्मरणीय रहेको भन्दै कम्युनिष्ट आन्दोलनमा ठूलो योगदान पुर्याएको बताएका हुन् ।
काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेकपा समाजवादी पार्टीका नेता झलनाथ खनालले मदन भण्डारीले नेपालको कम्युनिष्ट आन्दोलनलाई सडक र सदनबाट अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।
शनिबार मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भण्डारीको देश भक्तिपूर्ण दृष्टिकोण अविस्मरणीय रहेको भन्दै कम्युनिष्ट आन्दोलनमा ठूलो योगदान पुर्याएको बताएका हुन् ।
उनले भने, ‘नेपालको कम्युनिष्ट आन्दोलनभित्र गलत विचार र चिन्तनसँग लड्ने कुराहरुमा ठुलो योगदान पुर्याउनुभयो र कम्युनिष्ट आन्दोलनलाई सडक साथै सदन दुबै क्षेत्रबाट अगाडि बढाउने कुरामा पनि उहाँहरुले महत्वपूर्ण योगदान दिनुभयो । खासगरि कमरेड मदन भण्डारीलाई सम्झिंदा उहाँको देशभक्तिपूर्ण आन्दोलन, देशभक्तिपूर्ण दृष्टिकोण बडो अविस्मरणीय छ ।’
उनले नेता भण्डारीले नेपाली कांग्रेसको सरकारले भारतसँग टनकपुर सन्धिको नाममा अपमानजनक गरेको सन्धिको भण्डाफोर गर्ने काम त्यतिबेला महत्वपूर्ण रहेको बताए ।
‘हामीले संसदमा त्यतिबेला आठ घन्टा उभिएर टनकपुर सन्धिको विरोध गरेका थियौं । संसदीय संघर्ष गरेका थियौँ । नेपालको इतिहासमा नै अविस्मरणीय छ । जुन संघर्षको परिणाम स्वरुप असफल भयो । सो संघर्षलाई देशभक्तिपूर्ण भावनाको उचाइलाइ सम्मान गर्न चाहन्छु,’ उनले भने ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।