१६औं पञ्चवर्षीय योजनाअनुसार अबको बजेट बन्नुपर्छ : सांसद श्रेष्ठ
- शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले एकातिर योजना बनाउने र अर्कोतर्फ काम गर्दा लक्ष्यमा पुग्न नसकिने बताएका हुन् ।
काठमाडौं : नेकपा एमालेका सांसद लिलानाथ श्रेष्ठले १६औं पञ्चवर्षीय योजनाअनुसार अबको बजेट बन्नुपर्ने बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले एकातिर योजना बनाउने र अर्कोतर्फ काम गर्दा लक्ष्यमा पुग्न नसकिने बताएका हुन् ।
उनले भने, ‘१६औं पञ्चवर्षीय योजनाअनुसार बजेट बन्न सक्नुपर्छ । एकातिर हामीले योजना बनाउने, काम चाँही अर्को तर्फ गरेपछि लक्ष्यमा पुग्न सकिँदैन । अहिलेसम्म हामीले पञ्चवर्षीय योजनाअनुसार काम गर्न सकेका छैनौं । त्यसैले हामीले यसलाई आधार मानेर जान सक्नुपर्छ ।’
साथै, उनले मानव सूचांकको आधारमा बजेट विनियोजन गरिनुपर्ने सुझाव दिए । उनले मधेश प्रदेश शिक्षामा सबैभन्दा पछि परेको र गरिबीमा कर्णालीपछि दोस्रोमा पनि मधेश प्रदेश नै परेकोले मानव विकास सूचांकको आधारमा बजेट छुट्याउनुपर्ने माग गरे । उनले मधेशलाई सामाजिक र आर्थिक रुपमा रुपान्तरण गर्न आवश्यक रहेको औंल्याए ।
उनले भने, ‘मानव सूचांकको आधारमा चाँही हामीले बजेट विनियोजन गर्नुपर्छ । जसले गर्दा विगतमा पनि सबैको असन्तुष्टि रह्यो । हाम्रो मधेस प्रदेश शिक्षामा सबैभन्दा पछाडि छ र गरिबीमा कर्णाली पछि दोस्रो पनि मधेश प्रदेश नै छ । यो मानव सूचांकको आधारमा यसपटक चाँही हाम्रो सरकारले बजेट विनियोजन गरोस् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।