संघीय निजामती विधेयक समितिबाट पारित, ‘कुलिङ पिरियड’ दुई वर्ष कायम
२०८२ जेठ २ शुक्रबार
- शुक्रबार सिंहदरबारस्थित समितिको सभाकक्षमा बसेको समितिको बैठकबाट विधेयक पारित गरिएको समितिका सभापति रामहरी खतिवडाले जानकारी दिए ।
काठमाडौं : राज्यव्यवस्था तथा सुशासन समितिबाट संघीय निजामती सम्बन्धी विधेयक पारित भएको छ ।
शुक्रबार सिंहदरबारस्थित समितिको सभाकक्षमा बसेको समितिको बैठकबाट विधेयक पारित गरिएको समितिका सभापति रामहरी खतिवडाले जानकारी दिए ।
साथै उनले विधेयकमा विवादित ‘कुलिङ पिरियड’ दुई वर्ष कायम गरिएको पनि जानकारी दिए ।
उनले भने,‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा समितिले तयार पारेको अन्तिम मस्यौदा प्रतिवेदन परिमार्जनसहित सर्वसहमत पारित भएको छ । यसमा सहयोग पुर्याउने सरकार र माननीयज्यूहरुलाई विशेष धन्यवाद दिन चाहन्छु ।’
त्यस्तै बैठकमा गृहमन्त्री रमेश लेखकले कर्मचारीको कुलिङ पिरियड दुई वर्ष राख्न सहमति जनाए । सहमतिसँगै समितिले यस प्रस्तावलाई अगाडि बढाउने निर्णय गरेको हो ।
मन्त्री लेखकले भने,‘कुलिङ पिरियड भनेको अवकाश पाएपछि कति समयसम्म अर्को नियुक्ति नलिने भन्ने व्यवस्था हो । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती सेवा विधेयकमाथि छलफल जारी छ । जहाँ गृहमन्त्री लेखकले भनेका छन् । ‘कुलिङ पिरियड दुई वर्ष राखेर जाऔं ।’
बैठकमा सांसदहरुले सरकारले दुई वर्ष कुलिङ पिरियड राख्ने प्रस्ताव स्वीकार गरेकोमा धन्यवाद व्यक्त समेत गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।