संघीय निजामति ऐनलाई आवश्यकता अनुसार संशोधन गर्न सकिन्छ : मन्त्री गुप्ता
२०८२ जेठ २ शुक्रबार
- शुक्रबार काठमाडौंमा आयोजित आर्थिक वर्ष २०८२, ०८३ को बजेटमा कर्मचारीका सवाल तथा घरजग्गा कर्जा बीमा कार्यक्रम सम्बन्धी सुझाव संकल कार्यक्रममा उनले संघीय निजामति ऐन ढुङ्गामा लेखिएको अक्षर नभएको भन्दै यसलाई आवश्यकता अनुसार संशोधन गर्न मिल्ने बताएका हुन् ।
काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आज पारित भएको संघीय निजामति ऐनलाई आवश्यकता अनुसार संशोधन गर्न सकिने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित आर्थिक वर्ष २०८२, ०८३ को बजेटमा कर्मचारीका सवाल तथा घरजग्गा कर्जा बीमा कार्यक्रम सम्बन्धी सुझाव संकल कार्यक्रममा उनले संघीय निजामति ऐन ढुङ्गामा लेखिएको अक्षर नभएको भन्दै यसलाई आवश्यकता अनुसार संशोधन गर्न मिल्ने बताएका हुन् ।
उनले भने, ‘संघीय निजामति ऐन सजिलो विषय थिएन् । तर आज जसरी यो पारित भयो, त्यो ढुङ्गामा लेखिएको अक्षर होईन, आवश्यकता अनुसार यसलाई आगामी दिनमा पनि संशोधन गर्न मिल्छ र गर्छाँै । यो विधेयकले गर्दा निजामति क्षेत्रलाई सहि ठाँउमा आउने छ भन्ने हामीले सोचेका छौँ ।’
यस्तै, उनले संघीय मन्त्रालय सम्हाल्दै संघीय निजामति ऐन ल्याउछु भनेर प्रतिबद्धता गरेको भन्दै आज त्यो प्रतिबद्धता पूरा भएको बताए ।
उनले भने, ‘यो मन्त्रालय सम्हाल्दै गर्दा मेरो प्रमुख काम भनेको संघीय निजामति ऐन जुन झण्डै ९ वर्षदेखि विचाराधिन अवस्थामा थियो । यसलाई मैले प्राथमिकतामा राखेर संघीय निजामति ऐन ल्याउछु भनेर प्रतिबद्धता गरेको थिए र आज त्यो साइत पनि जुरेको छ । हाम्रो मन्त्रालयका साथिहरु रातदिन खटेर यो ऐन आएको छ । यसको लागि सबैलाई धन्यवाद दिन चाहान्छु ।’
यसको साथै, उनले बजेटमा कर्मचारीको सवालमा उठेका विषय र माग अर्थमन्त्री लगायत सम्बन्धित निकायमा छलफल गरेर पूरा गराउन लागि पर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सम्पर्कविहिन रहेका आफन्तको पहिचानका लागि डिएनए परीक्षण गर्न आग्रह
-
प्रधानमन्त्री शाह र लामिछानेबीच भेटवार्ता
-
संसद बैठक छिटो बोलाउन काँग्रेसको माग, सभामुखसँग छलफल गर्ने
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।