वैज्ञानिक समाजवाद प्राप्त गर्न समाजवादको क्रान्ति आवश्यक : झलनाथ खनाल
२०८२ जेठ १ बिहिबार
- संघीय लोकतान्त्रिक गणतन्त्र र त्यसका चुनौतिहरु विषयक विचार गोष्ठीमा बोल्दै उनले वैज्ञानिक समाजवाद प्राप्त गर्न अब समाजवादको क्रान्ति गर्नुपर्ने बताएका हुन् ।
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले देशका सबै कम्युनिष्ट क्रान्तिकारीहरुले अब नयाँ धरातलबाट हिड्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्र र त्यसका चुनौतिहरु विषयक विचार गोष्ठीमा बोल्दै उनले वैज्ञानिक समाजवाद प्राप्त गर्न अब समाजवादको क्रान्ति गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘तीनवटा प्रवृत्तिले अहिले नेपाल ग्रस्त छ । सत्तामा यथास्थितीवाद, वामपन्थी आन्दोलनमा दक्षिणपन्थीवाद, त्यसपछि सडकमा पूर्नउत्थानवादले नेपाल ग्रस्त छ । यो खतराको संकेत हो । त्यसकारण देशका सबै कम्युनिष्ट क्रान्तिकारीहरुले विल्कुल नयाँ धरातलबाट कहाँ के के गल्ती भयो छाती छाम्दै नयाँ धरातलबाट हिड्नु बाहेक अर्को विकल्प छैन् । यदी हामीले वैज्ञानिक समाजवाद प्राप्त गर्नुछ भने अब समाजवादको क्रान्ति गर्ने हो नि त । त्यसको लागि एकदम आधारभूत कुराहरु सोच्नुपर्ने आवश्यकता छ ।’
साथै उनले अहिलेको संसदीय व्यवस्था पूँजीवादी भएको बताए । उनले अहिलेको व्यवस्था पूँजीवादी भएकाले त्यसमा केही तत्वहरु मात्र थप्न सफल भएको बताए ।
उनले भने, ‘हाम्रो अहिलेको व्यवस्था पूँजीवादी हो । अहिलेको संसदीय व्यवस्था पूँजीवादी व्यवस्था हो । जसमा समाजवादी केही तत्वहरु मात्र थप्न सफल भएका छौँ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
संसद बैठक छिटो बोलाउन काँग्रेसको माग, सभामुखसँग छलफल गर्ने
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।