प्रधानमन्त्री ओली आफै ऐन महर बचाउन लाग्नु भएको छ : रश्मिला धामी

२०८२ बैशाख ३१ बुधबार
सारांश
  • बुधबार संवाद डबलीमा पीडित रस्मिला धामीले पत्रकार सम्मेलनको आयोजना गरी सरकारी वकिल कार्यालय र प्रहरी प्रशासनले उन्मिुक्ति दिने तयारी गरेकोसमेत आरोप लगाइन् ।

काठमाडौं : अदालतले ऐन महरमाथि मुद्धा चलाउन आदेश दिए पनि प्रधानमन्त्री केपी ओलीको दवावमा बचाइरहेको आरोप लागेको छ । 


बुधबार संवाद डबलीमा पीडित रस्मिला धामीले पत्रकार सम्मेलनको आयोजना गरी सरकारी वकिल कार्यालय र प्रहरी प्रशासनले उन्मिुक्ति दिने तयारी गरेकोसमेत आरोप लगाइन् ।


२०८१ माघ ९ गते उच्च अदालत पाटनले आफ्नो पक्षमा फैसला दिए पनि महरको पक्षमा उच्च राजनीतिक संरक्षण तथा दवावमा कार्यान्वयन नभएको पीडित धामीले गुनासो गरिन् । मुद्धा अगाडि बढाई दोषीलाई कानूनी कारवाही गराउन आफूले रिट दायर गरेपछी र अदालतले न्यायको आशा जगाए पनि ऐन महर खुलेआम हिँडिरहेकोप्रति रोष व्यक्त गरिन् ।


फैसला भएको ४ महिना वितिसक्दा पनि महरलाई पक्राउ नगरिएको बताउँदै धामीले भनिन्,‘बलत्कारी ऐन महरलाई बाहिरैबाट अनुसन्धान गर्ने भन्दै सरकारी प्रशासनले पहुचको आधारमा आलटाल मात्रै गदैनन् कि गैरजिम्मेवार जवाफ दिने गरिरहनु भएको छ ।’ उनले थप भनिन्,‘मैलै जक जस्तो जगन्य अपराधको विषयमा न्याय खोजिरहेको छु, के यस्तो अपराधमा पनि बाहिरै राखेर अनुसन्धान गर्न मिल्छ ?’


पछिल्लो समयमा राजनीतिक प्रतिशोधका आधारमा सामान्य व्यक्तिहरुलाई पनि अनावश्यक दुःख दिने गरेको तर आफूप्रति जघन्य अपराध गर्ने महरप्रति सरकारी शक्तिको आडमा आफूलाई न्याय पाउनबाट बञ्चित गरिएको भनि धामीले पीडा व्यक्त गरिन् ।


ऐन महरले आफ्नो जीवन बर्वाद गरिसकेको बताउँदै धामीले न्यायका लागि जस्तोसुकै कदम चाल्न तयार भएकोसमेत बताइन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार