- मंगलबार जिल्ला समन्वय समिति काठमाडौंले आयोजना गरेको विपद् पूर्वतयारी छलफल तथा अन्तरक्रिया कार्यक्रम उनले विपद् व्यवस्थापनको लागि संघीय, सरकार, प्रदेश र स्थानीय सरकारसहित गैरसरकारी संयन्त्रहरुसँग समन्वयन गरेर काम गरिरहेको बताएका हुन् ।
काठमाडौं : काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले विपद् व्यवस्थापनको लागि सरकारी र गैरसरकारी संयन्त्रहरु सबै एकैठाउँमा आएर काम गरिरहेको बताएका छन् ।
मंगलबार जिल्ला समन्वय समिति काठमाडौंले आयोजना गरेको विपद् पूर्वतयारी छलफल तथा अन्तरक्रिया कार्यक्रम उनले विपद् व्यवस्थापनको लागि संघीय, सरकार, प्रदेश र स्थानीय सरकारसहित गैरसरकारी संयन्त्रहरुसँग समन्वयन गरेर काम गरिरहेको बताएका हुन् ।
उनले भने, ‘हामीले लामो समयदेखि विभिन्न माध्यमबाट संरचनात्मक व्यवस्था गरेका छौ । त्यो व्यवस्थाको माध्यमबाट हामीले पूर्व तयारीको काम, राहत, उद्दारको कामसँगै पुनस्थापनको काम पनि सरकारले विभिन्न गैरसरकारी क्षेत्रहरुसँग समन्वय गरेर कामहरुलाई अगाडि बढाइरहेको छ । त्यसमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारको आ–आफ्नो भूमिका र साझा दायित्वको विषय भएको हुनाले सबै सरकारी होस् या गैरसरकारी संयन्त्र होस् वा नागरिक आफैपनि यसको कम्पोनेटको रुपमा रहन्छ ।’
उनले जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर विपद्को पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माणको काम गरिरहेको बताए ।
यस्तै, जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीले काठमाडौंका सबै पालिकाहरुमा स्थलगत निरीक्षण गर्ने योजना रहेको बताए ।
‘हामी अव काठमाडौंका सबै पालिकाहरुमा अनुगमनका लागि जाने योजनामा छौं । अनुगमनमा जिल्ला समन्वय समिति मात्र होइन अन्य सेक्टरका प्रतिनिधिहरुसहित जान्छौ र पालिकाको अवस्था स्थलगत निरीक्षण गरेर बुझ्नेछौं,’ उनले भने
उनले पालिकाहरुमा निर्माण भएका विपद् स्वयम्सेवकहरुको क्षमता विकासको लागि काम गर्नुपर्ने पनि बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
-
मधेशको आर्थिक वृद्धिदर १.३१ प्रतिशतमा सीमित
-
विश्व बजारमा कच्चा तेलको मूल्य ११० डलर नजिक
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’