रविन्द्र मिश्र र दुर्गा प्रसाई लगायतको टोलीलाई पाँच दिनको म्याद थप
२०८२ बैशाख ३० मंगलबार
- मंगलबार काठमाडौं जिल्ला अदालतले मिश्र र प्रसाईंसहित २५ जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र संयुक्त जनआन्दोलन समितिका जनकमान्डर दुर्गा प्रसाइलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
मंगलबार काठमाडौं जिल्ला अदालतले मिश्र र प्रसाईंसहित २५ जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
तीनकुने घटनामा संलग्न रहेको आरोपमा मिश्र ४६ दिनदेखि प्रहरी हिरासतमा छन् । उनी गत चैत १५ गते पक्राउ परेका थिए । दुर्गा प्रसाईंको आह्वानमा चैत १५ गते काठमाडौंको तीनकुनेमा प्रदर्शन भएको थियो ।
आज रवीन्द्र मिश्रलाई गैरकानुनी रूपमा थुनामा राखिएका भन्दै उनको श्रीमती सारिका कार्कीले सर्वोच्चमा रिट दायर गरेकी छन् ।
रिटमा गृह मन्त्रालयलाई विपक्षी बनाइएको छ । यस रिटको पेसी बुधबारका लागि तोकिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’