सरकारले लिने ऋणमा पनि व्यापक भ्रष्टाचार र कमिशनको खेल हुने गरेको छ : जसपा

२०८२ बैशाख ३० मंगलबार
सारांश
  • नेपालमा वाह्य र आन्तरिक ऋण गरी करिव २६ खरब मध्ये आधा आन्तरिक र आधा वैदेशिक ऋण रहेको साथै नेपाल सरकारले प्रत्येक वर्ष साँवा र व्याज गरी करिब ३ खरब भुक्तानी गर्दै आएको तथ्यले मुलुकको वर्तमान अवस्थाको उजागर गर्ने बस्नेतको भनाइ छ ।


काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले सरकारले लिने ऋणमा पनि व्यापक भ्रष्टाचार र कमिशनको खेल हुने गरेको र देश वैदेशिक तथा आन्तरिक ऋणमा चुर्लम्म डुबेको बताएका छन् ।


नेपालमा वाह्य र आन्तरिक ऋण गरी करिव २६ खरब मध्ये आधा आन्तरिक र आधा वैदेशिक ऋण रहेको साथै नेपाल सरकारले प्रत्येक वर्ष साँवा र व्याज गरी करिब ३ खरब भुक्तानी गर्दै आएको तथ्यले मुलुकको वर्तमान अवस्थाको उजागर गर्ने बस्नेतको भनाइ छ ।  
सरकारको गलत नीति र नियतले गर्दा बजेट समयमै खर्च नहुने, विकास निर्माणका परियोजनाहरु समयमा सम्पन्न नहुने र शिक्षा तथा स्वास्थ्य क्षेत्रका महत्वपूर्ण लगानीहरुले समयमा खोजेको परिणाम दिन नसक्ने अवस्था रहेको उनले बताए ।


‘संघ तथा प्रदेश सरकारले प्रत्येक वर्ष ७० देखि ८० प्रतिशतको बीचमा मात्र खर्च गर्ने गरेको देखियो । नेपाल सरकारको सार्वजनिक खरिद ऐन तथा नियमावलीको प्रावधानअनुसार खर्च गर्नुपर्ने कारणले खर्च गर्ने प्रक्रियामा संलग्न पदाधिकारीको ढिलासुस्ती, समयमा प्रक्रिया नबढाउने तथा कमिशनको खेलको कारणले सञ्चालित परियोजनाहरु अधुरै रहने गरेको पार्टीको ठहर छ,’ उनले भने ।  

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार