बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच लडाइँ रोकियो : प्रधानमन्त्री
२०८२ वैशाख २९ सोमवार
- सोमबार लुम्बिनीमा २६४९ औं बुद्धजयन्ती एवं २५६९औं बुद्धसम्वत तथा लुम्विनी दिवस २०८२ मूल समारोहलाई सम्बोधन गर्दै उनले बुद्धका शान्तिको सन्देशहरुका कारण छिमेकी राष्ट्र भारत र पाकिस्तानबीचको स्थिती सामान्य अवस्थामा परिणत भएको बताएका हुन् ।
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारत र पाकिस्तानबीचको हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाएको बताएका छन् ।
सोमबार लुम्बिनीमा २६४९ औं बुद्धजयन्ती एवं २५६९औं बुद्धसम्वत तथा लुम्विनी दिवस २०८२ मूल समारोहलाई सम्बोधन गर्दै उनले बुद्धका शान्तिको सन्देशहरुका कारण छिमेकी राष्ट्र भारत र पाकिस्तानबीचको स्थिती सामान्य अवस्थामा परिणत भएको बताएका हुन् ।
उनले भने, ‘बुद्धका उपदेशहरु हुन् । ती उपदेशमार्फत् जुन शिक्षा बुद्धले दिनुुभएको छ । ती विश्वका लागि महत्वपूर्ण छन् । झण्डैझण्डै केही दिन अगाडि मात्रै हाम्रै छिमेक भारत र पाकिस्तानको अलिकति हात हालाहाल भएको थियो तर बढ्न पाएन । संयमका लागि धन्यवाद छ । हामीले सुरुदेखि भन्यौं, विस्तार हुन नपाओस् । यो हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्ने हामीले कामना ग¥यौं, उहाँहरुसँग पनि कुरा ग¥यौं । नभन्दै उहाँहरुले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । फेरि पनि केही –केही आरोप प्रत्यारोपको स्थिति छ । अर्थात् बुद्धका शान्तिको सन्देशहरुको अर्थ अहिले पनि छ, जहाँ पनि छ, व्यक्तिलाई छ, व्यक्तिको आफ्नो मनस्थितिको शान्तिका लागि छ, परिवारको शान्तिका लागि छ र सबै कुराका लागि शान्तिको महत्व छ ।’
उनले मासड्रिस्टक्सनका हतियारहरुको निर्माण हुनु मानव अस्तित्व र धर्तीको अस्तित्वका लागि खतरनाक रहेको बताए ।
‘आज जति बेला मासड्रिस्टक्सनका हतियारहरुको निर्माण र त्यो थुप्रो लगाउने काम भइरहेको छ । यो मानव अस्तित्व र धर्तीको अस्तित्वका लागि बहुत खतरनाक चिज हो । यसकारण यस खतरनाक चिजबाट उन्मुक्तिका लागि हामी फेरि पनि विश्व शान्तिको पक्षमा रहन पर्दछ र काम गर्नु पर्दछ,’ उनले भने ।
उनले बुद्धका मुख्य उपदेशहरु र आर्दशहरुलाई समाउनु पर्ने भन्दै लुम्बिनी क्षेत्रको विकासमा ध्यान दिनुपर्ने बताए । उनले लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना बुुद्धिजमको सन्दर्भमा खोज अध्ययन र अनुसन्धानमा महत्वपूर्ण योगदान पुु¥याउने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।