विद्युत सेवामा डिजिटल टेक्नोलोजी योगदान महत्वपूर्ण छ : कुलमान घिसिङ

२०८२ वैशाख २९ सोमवार
सारांश
  • सोमबार काठमाडौंमा आयोजित टोक्मा एप लन्च कार्यक्रममा उनले विद्युत प्राधिकरणको ओपीजिडब्लू केबल देशभर नभएको भए आजको सञ्चार यसरी अगाडि बढ्न नसक्ने भन्दै नेटवर्क स्थापना गर्न विद्युत प्राधिकरणले ठूलो भूमिका खेलेको बताए ।

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक कुलमान घिसिङले डिजिटल टेक्नोलोजीको नेटवर्कका कारण विद्युत प्राधिकरणले ठूलो फड्को मारेको बताएका छन् । 


सोमबार काठमाडौंमा आयोजित टोक्मा एप लन्च कार्यक्रममा उनले विद्युत प्राधिकरणको ओपीजिडब्लू केबल देशभर नभएको भए आजको सञ्चार यसरी अगाडि बढ्न नसक्ने भन्दै नेटवर्क स्थापना गर्न विद्युत प्राधिकरणले ठूलो भूमिका खेलेको बताए ।


उनले भने, ‘नेपालको डिजिटल टेक्नोलोजी पूर्वाधारको हिसाबले धेरै नै राम्रो अवस्था छ । डिजिटल टेक्नोलोजीको लागि विद्युत प्राधिकरणले विद्यतु मात्र दिने होइन सञ्चारको नेटवर्क स्थापना गर्न पनि ठूलो भूमिका खेलेको छ । यदि हाम्रो ओपीजिडब्लू केबल देशभर नभएको भए आजको सञ्चार यसरी अगाडि बढ्न सक्ने अवस्थामा हुदैँन् थियो । पोल पोलबाट फाइबर घर घरमा पुगेको हुनाले पनि डिजिटल टेक्नोलोजीमा ठूलो सहयोग भएको जस्तो लाग्छ ।’ 


यस्तै, उनले टोक्मा एपले डिजिटल अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने भन्दै एपले रोजगारी सिर्जना गर्नको लागि ठूलो भूमिका खेल्ने बताए ।


उनले भने, ‘डिजिटल अर्थतन्त्रमा टोक्मा एपले महत्वपूर्ण योगदान दिने छ भन्ने लागेको छ । टोक्मा एपमा चार वटा फिचर राखेर आज लन्च गर्नु भएको छ, त्यो एकदमै राम्रो छ भन्ने मलाई लागेको छ, पर्यटकिय हिसाबले पनि, यो एपले रोजगारी पनि सिर्जना गर्नको लागि ठूलो योगदान पु¥याउछ भन्ने लागेको छ ।’


टेक्नोलोजीहरुले दैनिक कामलाई सहज बनाउन सहयोग गर्ने भन्दै यो एपले नेपालको डिजिटल टेक्नोलोजी विकासमा सहयोग गर्ने पनि उनको भनाइ छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार