दक्षिण एसियाली क्षेत्रमा चुलिँदै गएको द्वन्द्वात्मक अवस्थाप्रति जसपा नेपालको चासो

२०८२ वैशाख २७ शनिवार
सारांश
  • जसपा नेपालले भारतको जम्मु–कश्मिरस्थित पहलगाममा नेपाली नागरिकसहित २८ जना पर्यटकहरुको ज्यान जाने गरी भएको हिंसात्मक, आतङ्कवादी र मानवता विरोधी घटनाको भत्र्सना गर्दै विकसित घटनाक्रमका सन्दर्भमा दक्षिण एसियाली मुलुकहरुलाई आपसी संवाद, कूटनीतिक पहल र सहकार्यबाट समाधान खोज्न आग्रह गरको प्रचार प्रसार तथा प्रकाशन प्रमुख पूर्ण बस्नेतले बताएका छन् ।

काठमाडौं : दक्षिण एसियाली क्षेत्रमा चुलिँदै गएको द्वन्द्वात्मक अवस्था, आपसी अविश्वास र राजनीतिक अस्थिरताले क्षेत्रीय अशान्ति, स्थायित्व र विकासमा असर पार्ने खतरा देखिएको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले चासो र चिन्ता व्यक्त गरेको छ ।


जसपा नेपालले भारतको जम्मु–कश्मिरस्थित पहलगाममा नेपाली नागरिकसहित २८ जना पर्यटकहरुको ज्यान जाने गरी भएको हिंसात्मक, आतङ्कवादी र मानवता विरोधी घटनाको भत्र्सना गर्दै विकसित घटनाक्रमका सन्दर्भमा दक्षिण एसियाली मुलुकहरुलाई आपसी संवाद, कूटनीतिक पहल र सहकार्यबाट समाधान खोज्न आग्रह गरको प्रचार प्रसार तथा प्रकाशन प्रमुख पूर्ण बस्नेतले बताएका छन् । 


‘आतङ्कवादको कुनै जात, धर्म र राष्ट्रियता हुँदैन । आतङ्कवाद विरुद्धको लडाइमा पार्टीको समर्थन र ऐक्यबद्धता रहन्छ,’ बस्नेतले भने । 


जसपा नेपाल शान्तिपूर्ण सह–अस्तित्व, लोकतान्त्रिक मूल्य र मानव अधिकारको पक्षमा प्रतिबद्ध रहेको र आगामी दिनहरुमा पनि यस्तै मान्यताहरुका साथ अगाडि बढ्ने पार्टीको प्रतिबद्धता रहेको उनको भनाइ छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार