ढुवानी व्यवस्था प्रवाभकारी बनाउन आवश्यक : अर्थमन्त्री पौडेल
२०८२ वैशाख २७ शनिवार
- शनिबार ढुवानी व्यवसायी महासंघको १६ औँ वार्षिक साधारण सभा समारोहमा बोल्दै उनले ढुवानी व्यवस्था प्रवाभकारी नहुँदा गुणस्तरीय जीवन र समृद्धिको यात्रालाई पनि राम्रोसँग अगाडि बढाउन नसकेको बताएका हुन् ।
काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलले ढुवानी व्यवस्था प्रवाभकारी नहँुदा मूलुकले धेरै अप्ठ्यारो भोग्नु परेको बताएका छन् ।
शनिबार ढुवानी व्यवसायी महासंघको १६ औँ वार्षिक साधारण सभा समारोहमा बोल्दै उनले ढुवानी व्यवस्था प्रवाभकारी नहुँदा गुणस्तरीय जीवन र समृद्धिको यात्रालाई पनि राम्रोसँग अगाडि बढाउन नसकेको बताएका हुन् ।
उनले भने,‘ आजको दुनियाँमा ढुवानी व्यवस्थामा प्रवाभकारी नहँुदा मूलुकले धेरै अप्ठ्यारो प्रवृत्तिको सामना गर्नु र भोग्नु परेको छ । दुनियाँमा ढुवानी व्यवस्था प्रवाभकारी हुदाँ हामीले गुणस्तरीय जीवन र समृद्धिको यात्रालाई पनि राम्रोसँग अगाडि बढाउन सक्छौँ । त्यसकारण ढुनानी व्यवसाय एउटा महत्वपूर्ण व्यवसाय हो । यो राष्ट्रको लागि आवश्यक र अपरिहार्य व्यवसाय हो । यो व्यवसायले भोगिरहेको समस्यालाई एक एक गरी हामीले समाधान गर्नुपर्छ ।’
यसैगरी उक्त कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मनिष झाले अहिलेसम्म पुरानो पार्टीहरुले विकास त गरेको तर प्रयाप्त रुपमा गुणस्तर नभएको बताए । उनले पुरानो पार्टीहरुका कारण नै रास्वपा जस्तो पार्टी उदाएको भन्दै कृतज्ञता समेत व्यक्त गरे ।
‘हामीले अहिलेसम्म पुरानो पार्टीहरुले जसरी राजनीतिक रुपमा परिवर्तनहरु गर्नुभयो म उहाँप्रति सम्मान व्यक्त गर्छु । किनभने निर्दलीय व्यवस्थालाई बहुदलीय व्यवस्थामा नल्याएको भए राष्ट्रिय स्वतन्त्र पार्टी जस्तो पार्टी नै आउँदैनथ्यो । त्यो बाटो बनाइदिनु भएकोमा कृतज्ञता छ । विकास हुँदै नभएको होइन । स्कुलको संख्या ५÷७ सयबाट ३४ हजारसम्म पुग्यो, बाटो लगभग एक लाख किलोमिटरसम्म पुग्न थालिसक्यो । उद्योग, मिडिया क्षेत्र सबैको विकास भयो तर हाम्रो सरोकार चै जुन गतिमा भयो जुन गुणस्तरमा भयो त्यो प्रयाप्त भएन,’ उनले भने ।
यस्तै कार्यक्रमा एमालेका सांसद सुवाङ नेम्वाङले ढुवानी सेवालाई ट्रक र गाडी दौैडाउने माध्यमको रुपमा मात्र हेर्न नहुने बताए । उनले ढुवानी सेवाले राष्ट्रलाई चलायमान राख्न सहयोग पुर्याएको बताए । ढुवानी सेवाले औषधिदेखि खाद्यन्न, निमार्ण सामाग्रीदेखि कृषिउपजलगायतका सामाग्री ढुवानी गरी चलायमान बनाएको भन्दै धन्यवाद समेत दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’