अबको वन व्यवस्थापन नगद आम्दानी र रोजगारीसँग जोड्नुपर्छ : मन्त्री शाही
२०८२ वैशाख २७ शनिवार
- वन तथा वातावरण मन्त्रालयद्वारा आज आयोजित दोस्रो राष्ट्रिय वन संंवद्र्धन गोष्ठी कार्यक्रममा बोल्दै उनले नेपालको वन व्यवस्थापनको इतिहास महत्वपूर्ण भएकाले स्थानिय रोजगारी सिर्जनासँग जोड्न प्राविधिक दृश्टिकोणको आवश्यक रहेको बताएका हुन् ।
काठमाडौं : वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले अबको वन व्यवस्थापन नगद आम्दानी, डिजिटल प्रविधि, बजार पहुँच, मूल्य श्रृखला र स्थानिय रोजगारी सिर्जनासँग जोड्नुपर्ने बताएका छन् ।
वन तथा वातावरण मन्त्रालयद्वारा आज आयोजित दोस्रो राष्ट्रिय वन संंवद्र्धन गोष्ठी कार्यक्रममा बोल्दै उनले नेपालको वन व्यवस्थापनको इतिहास महत्वपूर्ण भएकाले स्थानिय रोजगारी सिर्जनासँग जोड्न प्राविधिक दृश्टिकोणको आवश्यक रहेको बताएका हुन् ।
उनले भने, ‘नेपालको वन व्यवस्थापनको इतिहास महत्वपूर्ण छ । अबको वन व्यवस्थापन नगद आम्दानी, नव प्रवद्धन, डिजिटल प्रविधि, बजार पहुँच, मूल्य श्रृखला र स्थानिय रोजगारी सिर्जनासँग जोड्नुपर्दछ । तर यस्तो रुपान्तरण केवल राजनीतिक ईच्छा शक्तिले मात्रै सम्भव हुँदैन । यसलाई प्राविधिक दृश्टिकोणबाट पनि मार्गदर्शन गर्न आवश्यक छ ।’
साथै उनले अबको प्राथमिकता प्रविधिमैत्री, उत्पादनमुखी र रोजगारी सिर्जनामुखी वन व्यवस्थापन हुनुपर्ने बताए । उनले वन क्षेत्रको वर्गिकरण वैज्ञानिक विधिको प्रयोगद्वारा गर्दा उत्पादनशिलता, गुणस्तर र दिगोपन अभिवृद्धि गर्न सकिने बताए ।
उनले भने, ‘वन क्षेत्रको वर्गिकरण, विभिन्न कटानी, प्रजातिको सन्तुलन तथा रोटेसन जस्ता वैज्ञानिक विधिको प्रयोगद्वारा उत्पादनशिलता, गुणस्तर र दिगोपन अभिवृद्धि गर्न सकिन्छ । अबको प्राथमिकता प्रविधिमैत्री, उत्पादनमुखी र रोजगारी सिर्जनामुखी वन व्यवस्थापन हुनुपर्दछ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
-
बेत्रावतीमा २४ शव फेला परेको घरधनिको परिचय खुल्यो
-
श्रम संस्कृतिमा नयाँ विवाद, किराँती समुहलाई केन्द्रीय कमिटी बैठकमा बोलाइएन
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।