जनताको जीवन सहज बनाउन सरकार प्रतिबद्ध, तर व्यवस्था परिवर्तनमा समय लाग्छ : मन्त्री सिंह
२०८२ वैशाख २७ शनिवार
- शनिबार काठमाडौंमा आयोजित पानी शुद्धिकरण प्लान्टको उद्घाटन कार्यक्रममा बोल्दै उनले जनताको जीवनस्तर उकास्ने हिसाबमा सरकार अगाडि बढेको भन्दै देशको व्यवस्था परिवर्तन गर्न केही समय लाग्ने बताएका हुन् ।
काठमाडौं : उपप्रधान एंव शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली जनताको जीवन सहज गर्ने लक्ष्य पूरा गर्नको लागि सरकार अगाडि बढिरहेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित पानी शुद्धिकरण प्लान्टको उद्घाटन कार्यक्रममा बोल्दै उनले जनताको जीवनस्तर उकास्ने हिसाबमा सरकार अगाडि बढेको भन्दै देशको व्यवस्था परिवर्तन गर्न केही समय लाग्ने बताएका हुन् ।
उनले भने, ‘म विनम्रताका साथ के भन्न चाहान्छु भने हामी यो राजनीतिमा किन लागि रहेका छौँ, भने देश र जनताको राम्रो होस् । यो आम नेपाली जनताको चाहाना भनेको हरेकको जीवन सहज हुनुपर्यो भन्ने छ त्यो लक्ष्य पूरा गर्नको लागि हामी अगाडि बढिरहेका छौँ । तर देशको व्यवस्था परिवर्तन गर्नको लागि समय लाग्छ । छिटो होस् भन्ने सबैको चाहाना हो, तर अहिलेको अवस्थाभन्दा राम्रो अवस्थामा पुग्नको लागि समय लाग्छ । अवस्था परिवर्तन भएपनि व्यवस्था परिवर्तन भएन भन्नेहरुले बोल्ने पाउने अधिकार कहाँबाट पायो त्यो पनि सोच्नु पर्छ ।’
यस्तै, उनले योजनाहरु दिगो हुन बनाउनको लागि सरकारको मुख मात्र हेर्ने होईन आफ्नो तर्फबाट पनि पहल गर्नुपर्ने बताए ।
उनले भने, ‘योजनाहरु दिगो हुनको लागि संघीय सरकार, प्रदेश सरकार, नगरपालिकाको मात्र मुख ताकेर हुँदैन् । त्यसमा आफ्नो ठाँउबाट गर्नुपर्ने काम पनि गर्नुपर्छ । समुदायको लागि बनेको छ भने, त्यो समुदायबाट गर्न सक्ने कामहरु गर्नुपर्छ ।’
विगतमा कमि कमजोरी भएकै कारण धोबी खोलामा गई रहेको ढललाई व्यवस्थापन हुन नसकेको भन्दै अब यी खोलाहरु स्वच्छ र सुधार गर्न प्रतिबद्ध भएर लाग्ने पनि उनको भनाई छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
-
रास्वपा सभापति लामिछाने र बागमतीका मुख्यमन्त्री थापाबीच भेटवार्ता
-
भोटेकोशी बाढीपछि हालसम्म ७८८ जनाको शव फेला
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।