दुई ठूला दल देशलाई नै ध्वस्त पार्ने सहमतिमा छन् :सांसद सिंह
२०८२ वैशाख २६ शुक्रवार
- शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मन्त्रिपरिषद्को निर्णयबाट नियुक्ति हुने कुरामा दलीय भागबण्डाको झगडाले देशको आर्थिक क्षेत्रलाई ध्वस्त पार्न खोजेको बताएका हुन् ।
काठमाडौं : स्वतन्त्र सांसद अमरेश कुमार सिंहले गभर्नर नियुक्ति हुन नसक्नुमा प्रधानमन्त्री केपी शर्मा होली र सत्तापक्षका सभापति शेरबहादुर देउवा नै दोषी रहेको बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मन्त्रिपरिषद्को निर्णयबाट नियुक्ति हुने कुरामा दलीय भागबण्डाको झगडाले देशको आर्थिक क्षेत्रलाई ध्वस्त पार्न खोजेको बताएका हुन् ।
उनले भने,‘एउटा गभर्नरको नियुक्ति गर्न नसक्ने सरकार त्यो काम त एउटा मन्त्रिपरिषद्को निर्णयबाट नियुक्ति हुने हो । तर दुई दलको भागबण्डाको झगडाले अहिलेसम्म पुगेन । त्यसको आर्थिक असर कति पर्छ बैंकहरुसँगै पुरै आर्थिक क्षेत्रमा सरकारलाई मतलब छैन । मतलब त आफ्नो कार्यकर्ता राख्ने र आर्थिक क्षेत्रलाई कब्जा गर्ने भन्ने छ अर्कोलाई पनि त्यही छ । यो कार्यकर्ताको देश हो कि नेपाली जनताको पनि देश हो ? दुई दल मिलेर देशको आर्थिक क्षेत्रलाई ध्वस्त त पारे दुई नै देशलाई ध्वस्त पार्न सहमतिमा छन् । हामी राजा जस्तै अगाडि पछाडी गाडि लिएर घुमौ । गभर्नरको नियुक्ति नगरेकोमा सरकारको प्रधानमन्त्री र सत्तापक्षका सभापति दुईटै यसमा दोषी छन् ।’
यस्तै उनले खेतिपातिको सिजनमा मल र बिउको अभाव रहेको भन्दै मलको तस्करी भईरहेको बताए ।
उनले किसानले दुधको मूल्य, उखुको मूल्य नपाउनुमा सरकारी संयन्त्रनै दोषि रहेको भन्दै विचौलियाको मात्र सरकार रहेको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।