दलित समुदायसँग सम्बन्धित सवालहरूमा सरकार गम्भीर छ : मन्त्री चौरसिया
२०८२ वैशाख २६ शुक्रवार
- शुक्रबार कानुन दिवसको अवसरमा दलित लाइभ म्याटरले काठमाडौंमा आयोजना गरेको न्याय शिखर सम्मेलन २०२५ समापन समारोहमा बोल्दै उनले जातीय विभेद अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।
काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले दलित समुदायसँग सम्बन्धित सवालहरूमा सरकार गम्भीर रहेको बताएका छन् ।
शुक्रबार कानुन दिवसको अवसरमा दलित लाइभ म्याटरले काठमाडौंमा आयोजना गरेको न्याय शिखर सम्मेलन २०२५ समापन समारोहमा बोल्दै उनले जातीय विभेद अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।
‘छुवाछुत र जातीय विभेद अन्त्य गर्न सरकारले नीतिगत र कानुनी प्रतिबद्धता लिएको छ ।’ उनले भने
मन्त्री चौरसियाले २० वर्ष उमेर हदका कारण युवा युवतीमा प्रेम सम्बन्ध भई विवाह हुदाँ विभिन्न मुद्धामा सजाय भोग्नु परेको पनि बताए ।
उनले भने, ‘हामीहरु कानून मन्त्रालयमा विवाह सम्बन्धि उमेरको कारणले २० वर्षको उमेरको कारणले देशका धेरै युवा युवतीहरु आपसमा प्रेम सम्बन्ध भई विवाह हुने र परिवारको दवाबमा २० वर्ष उमेर नपुगेको कारण कम उमेरको केटिलाई करणी गर्यो, शरिर बन्दकी बनायो, अपहरण गर्यो लगायतका मुद्धा कानूनका कारण मुद्धा दर्ता हुन्छ अनि सजाय पनि हुन्छ । त्यसमा कानून, न्याय तथा मानवअधिकार समितिबाट उमेर घटाउने सुझाव पनि दिएको थियो तर महिला अधिकारकर्मि र सांसदहरुकोबीचमा पनि यो विवादको विषय हुन सक्छ ।’
उनले उमेर घटाउदा महिला प्रजनन्को कुरा पनि आउने भन्दै सजायको सन्दर्भमा सजाय घटाउने व्यवस्था गर्ने र यदी कम उमेरमा विवाह गरिहाले आफ्नो परिवारलाई जिम्मा लगाउने, २० वर्ष भएपछि उमेर पुगेको ३५ दिन भित्र विवाह कायम गर्ने कि बदर गर्ने भन्ने कानून बन्न लागेको बताए ।
कार्यक्रममा संविधान, संघीयता, समावेशीकरण, दलित महिला र न्याय, तथा जातभन्दा परको मोर्चाबन्दी जस्ता विषयमा तीनवटा कार्यपत्र प्रस्तुत गरिए । ती कार्यपत्रमा कानूनविद्हरू, राजनीतिक दलका नेताहरू र नागरिक समाजका प्रतिनिधिहरूले टिप्पणी गर्दै जातीय विभेद अन्त्य गर्न राज्यका सबै संयन्त्र गम्भीर र उत्तरदायी बन्नुपर्ने धारणा व्यक्त गरे ।
जस्टिस समिटको यो पहिलो संस्करण भए पनि आयोजक संस्थाहरूले यसलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने घोषणा गरेका छन् । दलित लाइभ्स म्याटर ग्लोबल एलायन्सका संस्थापक तथा अध्यक्ष प्रदीप परियारले दलित तथा सीमान्तकृत समुदायमाथि हुने संरचनागत विभेद, अन्याय र हिंसाको अन्त्यका लागि अर्थपूर्ण संवाद र सिर्जनात्मक पहल गर्दै जाने प्रतिबद्धता जनाए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।