काश्मिर आक्रमणप्रति रास्वपाको कडा निन्दा

२०८२ वैशाख २६ शुक्रवार
सारांश
  • शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफ्नो छिमेकी मात्र होइन सार्कको अध्यक्षको नाताले यो क्षेत्रको शान्ति र स्थिरतामा नेपालको स्वभाविक चासो हुनुपर्ने बताएका हुन् ।

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद शिशिर खनालले काश्मिरमा  भएको आतंकवादी हमलाप्रति राष्ट्रिय स्वतन्त्र पार्टीले कडा निन्दा व्यक्त गरेको बताएका छन् ।


शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफ्नो छिमेकी मात्र होइन सार्कको अध्यक्षको नाताले यो क्षेत्रको शान्ति र स्थिरतामा नेपालको स्वभाविक चासो हुनुपर्ने बताएका हुन् ।


उनले भने, ‘एक नेपाली नागरिक सहित २६ जनाको ज्यान लिने गरी पहलगाम कास्मिरमा भएको आंतकवादी हमलाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी कडा निन्दा व्यक्त गर्दछ । आंतकवादले कसैको पनि हित गर्दैन । पहलगाम आक्रमणपछि भारत र  पाकिस्तानबीच तनावको स्थिती देखिएको छ । आफ्नो छिमेकी मात्र होइन सार्कको अध्यक्षको नाताले यो क्षेत्रको शान्ति र स्थिरतामा नेपालको स्वभाविक चासो हुनुपर्दछ ।’


साथै, उनले भारत–पाकिस्तानबीचको युद्धको स्थिती बन्न गएमा नेपाललाई पर्न सक्ने सुरक्षा, आर्थिक र आपूर्ति श्रृंखलाको असरका साथै पश्चिम भारतमा र पाकिस्तानमा रहेका नेपालीहरुमाथि पर्न सक्ने प्रभाव सम्मको आकलन गरी योजना निर्माण गर्न समेत माग गरेका छन् । उनले पाकिस्तानमा अध्ययनरत ८० जना विद्यार्थीहरूलाई समेत उद्धार गर्न आग्रह गरे ।


उनले भने, ‘भारत–पाकिस्तानबीच युद्धको स्थिती बन्न गएमा नेपाललाई पर्न सक्ने सुरक्षा, आर्थिक र आपूर्ति श्रृंखलाको असरका साथै पश्चिम भारतमा र पाकिस्तानमा रहेका नेपालीहरुमाथि पर्न सक्ने प्रभाव सम्मको आकलन गरी योजना निर्माण गर्न माग गर्दछु । यसैबीच पाकिस्तानमा अध्ययनरत ८० जना विद्यार्थीहरूले उद्धारको अनुरोध गर्नुभएको छ । तुरुन्त उद्धार र सुरक्षाको पहल होस् ।’ 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार