समयमै गर्भनर नियुक्ति नगर्दा अर्थतन्त्रलाई ठूलो असर पर्छ : प्रभु शाह

२०८२ वैशाख २६ शुक्रवार
सारांश
  • शुक्रबार प्रतिनिभिसभाको बैठकमा बोल्दै उनले पार्टीको आन्तिरक द्वन्द्वका कारण गर्भनर नियुक्ति नभएको कुरा छ्याछ्याप्ती आइरहेकोले यस्तो मनपरि गर्न नहुने बताएका हुन् ।

काठमाडौं : आम जनता पार्टी–आजपाका अध्यक्ष प्रभु शाहले गर्भनर नियुक्तिमा ढिला भए अर्थतन्त्रलाई ठूलो असर पर्ने बताएका छन् ।


शुक्रबार प्रतिनिभिसभाको बैठकमा बोल्दै उनले पार्टीको आन्तिरक द्वन्द्वका कारण गर्भनर नियुक्ति नभएको कुरा छ्याछ्याप्ती आइरहेकोले यस्तो मनपरि गर्न नहुने बताएका हुन् ।


उनले भने, ‘किन अहिलेसम्म दुई महिना अगाडि गर्भनर नियुक्ति हुनुपर्ने आजसम्म नियुक्ति भएको छैन । पार्टीको आन्तिरक द्वन्द्वका कारण गर्भनर नियुक्ति नभएको कुरा छ्याछ्याप्ती आइरहेको छ । यस्तो मनपरिले देश अर्थतन्त्रलाई ठूलो असर पारिरहेको कुरा म ध्यानाकर्षण गर्न चाहन्छु ।’


साथै, उनले जनताले ब्याजमा पैसा नपाउने र जनताकै पैसा बैंकलाई ब्याज दिनुपर्ने यो भन्दा बिडम्बना के हुन्छ भन्दै प्रश्न गरे । उनले तरलता प्रशोधनको नाममा राष्ट्र बैंकले झण्डै २१ अर्ब ब्याज तिर्नुपरेको स्थिती रहेको बताए ।  


उनले भने, ‘बैंकरहरुको मनमानीले लुटले आज बैंकहरु अस्तव्यस्त भएका छन् । एकातिर  आम जनताले  कर्जा पाइराखेको छैन भने अर्कोतिर  बैंकमा पैसा थुप्रिएको छ । तरलता प्रशोधनको नाममा राष्ट्र बैंकले झण्डै २१ अर्ब ब्याज तिर्नुपरेको स्थिती छ । जनताले ब्याजमा पैसा नपाउने र जनताकै पैसा बैंकलाई ब्याज दिनुपर्ने यो  भन्दा बिडम्बना के हुन्छ ?’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार