कानुन बनाएर श्रमिकहरुको सेवाशुल्क दिलाउन सांसद पौडेलको माग

२०८२ वैशाख २५ बिहीवार
सारांश
  • बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सेवाशुल्क खारेजी पनि दक्ष जनशक्तिहरु पलायन हुने अवस्थामा रहेको भन्दै चाँडो भन्दा चाँडो कानुन बनाएर सुविधा दिनको लागि माग गरेकी हुन् ।

काठमाडौं : नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौडेलले होटल क्षेत्रमा काम गर्ने श्रमिकहरुको सेवाशुल्क कानुन बनाएर पुनः लागू गराउन माग गरेकी छिन् । 


बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सेवाशुल्क खारेजी पनि दक्ष जनशक्तिहरु पलायन हुने अवस्थामा रहेको भन्दै चाँडो भन्दा चाँडो कानुन बनाएर सुविधा दिनको लागि माग गरेकी हुन् । 


उनले भनिन्,‘सर्वोच्च अदालतले होटल क्षेत्रमा काम गर्ने श्रमिहरुकहरुले खाँदै आएको १० प्रतिशत सेवा शुल्क खारेज गरेर कानुन बनाए मात्रै तयो खाऊ भनेर आदेश गरेको छ ।

 

 जसका कारण अहिले देशमा दक्ष जनशक्तिहरु पलायन हुने अवस्थामा छन् । त्यसैले म सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु । जुन सेवा सुविधा श्रमिहरुले पाइरहेको थियो त्यो चाँडो भन्दा चाँडो कानुन बनाएर सुविधा दिनको लागि माग गर्न चाहन्छु ।’ 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार