मन्त्रालयले किसान सूचिकरण प्रक्रियालाई अगाडि बढाउँदैछ : अधिकारी

२०८२ वैशाख २१ आईतवार
सारांश
  • आइतबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा बोल्दै उनले मन्त्रालयले दिएको कृषि अनुदान लापरवाही कतिपय ठाउँमा भयो, कति ठाउँमा काम भयो भन्ने विषयमा पाँच सदस्यीय समिति गठन गरेर जिम्मेवारी दिएको समेत बताएका हुन् ।

काठमाडौं : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयले केही समयभित्र किसान सूचिकरण प्रक्रियालाई अगाडि बढाउने काम गरिरहेको बताएका छन् ।


आइतबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा बोल्दै उनले मन्त्रालयले  दिएको कृषि अनुदान लापरवाही कतिपय ठाउँमा भयो, कति ठाउँमा काम भयो भन्ने विषयमा पाँच सदस्यीय समिति गठन गरेर जिम्मेवारी दिएको समेत बताएका हुन् ।


उनले भने, ‘केही समयभित्र किसान सूचिकरण प्रक्रियालाई अगाडि बढाउने काम पनि गरेका छौं । दिएको अनुदान लापरवाही कतिपय ठाउँमा भयो, कति ठाउँमा काम भयो भन्ने  विषयमा पाँच सदस्यीय समिति गठन गरेर जिम्मेवारी दिएका छौं । कहाँ कहाँ व्यवस्थापन कमजोरी भएको छ, त्यो पैसा लगेर खाने कति भए ? कामै गरी देखाउने कति भए भनेर हामी खोजी गरिरहेका छौं । केही समय पछाडि त्यो  सार्वजनिक पनि हुन्छ ।’ 


साथै उनले मन्त्रालयले कृषि उपजको न्यूनतम मूल्य निर्धारण गर्ने सोच बनाएको समेत बताए । उनले कृषि उपजको न्यूनतम मूल्य निर्धारण गर्नका लागि गोदाम चिस्यान घरको व्यवस्थापन गरे मात्रै सम्भव हुने बताए ।


उनले भने, ‘कृषि उपजको न्यूनतम मूल्य निर्धारण गर्ने सोच बनाएका छौं । यो मूल्य निर्धारण गर्नका लागि हामीले गोदाम चिस्यान घरको व्यवस्थापन गरिसकेपछि मात्रै त्यो  सम्भव हुने छ । हामीले त्यो उद्देश्य बोकेका छौं ।’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार