संयुक्त समितिद्वारा नयाँ संसद भवनको अवलोकन

२०८२ वैशाख २१ आईतवार
सारांश
  • आइतबार सिंहदरबार परिसरभित्र निर्माणाधीन भवनको समितिका सभापति ठाकुर गैरेसहितको टोलीले अवलोकन गरेको हो ।

काठमाडौं : राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)समितिले नयाँ संसद भवनको अवलोकन गरेका छन् । 


आइतबार सिंहदरबार परिसरभित्र निर्माणाधीन भवनको समितिका सभापति ठाकुर गैरेसहितको टोलीले अवलोकन गरेको हो ।


अवलोकनपछि सञ्चारकर्मीहरुसँग सभापति गैरेले उनले ०८२–८३ को वार्षिक बजेट यही हलबाट प्रस्तुत हुन्छ भनेर मन्त्रीले जवाफ दिएको भएतापनि अझै मन्त्रालयले दुईसय दिन थपेर यसलाई पूरा गर्नेतर्फ जान खोजेको बताए । तीन सिफ्टमा काम नगरेसम्म दुईसय दिन थपेर पनि काम पूरा हुने नदेखिएको उनको भनाई छ । 


उनले भने,‘मन्त्रीज्यूले हामीले तीन सिफ्टमा काम गराउँछौं । ०८२–८३ को वार्षिक बजेट यही हलबाट प्रस्तुत हुन्छ भन्नुभएको थियो । तर मन्त्रालयले दुईसय दिन थपेर यसलाई पूरा गर्नेतर्फ जान खोजेको छ । त्यो दुईसय दिनमा काम गर्न पनि तीन सिफ्टमा काम नगरेसम्म सम्पन्न गर्न सक्ने अवस्था म देख्दिन ।’


त्यस्तै, उनले म्याद थपअघि दिनदिनै पूरा गर्ने कामको क्यालेण्डरको चार्टसहित तयार पार्न समितिमा आएर छलफल गर्नकालागि मन्त्रालयलाई निर्देशन समेत दिए । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार