मिथिला संस्कृतिको पुन जागरणमा सबै पक्षको सहभागिता अनिवार्य : मन्त्री पाण्डे

२०८२ वैशाख २० शनिबार
सारांश
  • शनिबार काठमाडौंमा जानकी नवमीको अवसरमा आयोजित ‘सीता प्राकट्य दिवस समारोह’ नामक कार्यक्रममा उनले संघ, प्रदेश, स्थानिय तह, समुदाय र विश्वविद्यालयको सामुहिक प्रयासबाट मात्र मिथिला संस्कृतिको पुनस्थापना हुन सकिने भन्दै यसको लागि मन्त्रालय पूर्ण रुपमा कटिबद्ध रहेको बताए ।

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले मिथिला सभ्यता र संस्कृतिको पुन जागरणमा मन्त्रालय पूर्ण रुपमा कटिबद्ध रहेको बताएका छन् । 


शनिबार काठमाडौंमा जानकी नवमीको अवसरमा आयोजित ‘सीता प्राकट्य दिवस समारोह’ नामक कार्यक्रममा उनले संघ, प्रदेश, स्थानिय तह, समुदाय र विश्वविद्यालयको सामुहिक प्रयासबाट मात्र मिथिला संस्कृतिको पुनस्थापना हुन सकिने भन्दै यसको लागि मन्त्रालय पूर्ण रुपमा कटिबद्ध रहेको बताए । 


उनले भने, ‘मिथिला सभ्यता र संस्कृतिको पुन जागरणमा सबै पक्षको महत्वपूर्ण भूमिका रहनुपर्छ । संघ, प्रदेश, स्थानिय तह, समुदाय र विश्वविद्यालयको सामुहिक प्रयासबाट मात्र मिथिला संस्कृतिको पुनस्थापना हुन सकिन्छ । यसको लागि हाम्रो मन्त्रालय पूर्ण रुपमा कटिबद्ध रहेको कुरा व्यक्त गर्न चाहान्छु । मिथिला संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न हाम्रो साझा दायित्व हो र मन्त्रालय यस संस्कृतिको बैभव पुन फर्काउने गरि काम गरिरहेको छ ।’


यस्तै, उनले मिथिला, किराँत, नेवा, खस जस्ता समृद्ध सभ्यता र संस्कृतिको आधारभूमि देश नेपाल भएको भन्दै यी गौरवमय सभ्यता र इतिहासले नेपाललाई सांस्कृतिक रुपमा सम्पन्न बनाएको बताए । 


उनले भने, ‘मिथिला र यसको राजधानी जनकपुरधामको इतिहास गौरवमय छ नेपाल राज्यको विशेषता यही हो कि यसमा मिथिला, किराँत, नेवा, खस जस्ता समृद्ध सभ्यता र संस्कृतिको आधारभूमि हाम्रो देश हो । यी गौरवमय सभ्यता र इतिहासले नै हामीलाई सांस्कृतिक रुपमा सम्पन्न बनाएका छन् ।’ 


मिथिला संस्कृतिले बोकेको सभ्यता र विभिन्न आयामहरु आफंैमा अनुकरणिय र निकै महत्वपूर्ण रहेको पनि उनको भनाई छ । 


उनले भने, ‘मैथली भाषा नेपालमा बोलीने भाषामध्ये दोस्रो पनि हो । मलाई एकदमै मन पनि पर्छ । मिथिला सभ्यताले बोकेको सभ्यता र विभिन्न आयामहरु त्यो आफैंमा अनुकरणिय छन् र निकै महत्वका छन् । हामी सबैले सम्मान गर्नुपर्ने खालका छन् । सिता माता हाम्रो लागि आदर्श पात्रको रुपमा हुनुहुन्छ । हाम्रो इतिहास र विगतलाई हेर्दा सभ्यता र आदर्शको हिसाबले मान सम्मान गर्नुपर्ने पात्रको रुपमा पनि सिता हुनुहुन्छ ।’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार