वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउन नीति तथा कानुन संशोधन गरिने

२०८२ वैशाख १९ शुक्रवार
सारांश
  • शुक्रबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले देशभित्रै रोजगारीको वातावरण बनाइ युवाशक्ति पलायन हुनबाट बचाउने सरकारको नीति रहेको बताएका हुन् ।

काठमाडौं : सरकारले देशभित्रै उद्यमशीलता प्रवद्र्धन गरी युवा रोजगारी सृजना गर्ने भएको छ । शुक्रबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले देशभित्रै रोजगारीको वातावरण बनाइ युवाशक्ति पलायन हुनबाट बचाउने सरकारको नीति रहेको बताएका हुन् ।


उनले भने, ‘देशभित्रै उद्यमशीलता प्रवद्र्धन गरी युवा रोजगारी सृजना गर्ने तयारीमा सरकार छ । देशभित्रै रोजगारीको वातावरण बनाइ युवाशक्ति पलायन हुनबाट बचाउने सरकारको नीति छ । आगामी दशकलाई आन्तरिक रोजगारीका रुपमा मनाउने छौं । रोजगारी तथा ज्याला रोजगारीको माध्यमबाट आन्तरिक रोजगारीको सृजना गर्ने सरकारको नीति छ ।’


साथै उनले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित तथा व्यवस्थित बनाउन नीति, कानुन र कार्यविधि संशोधन तथा तर्जुमा गरिने बताए ।


राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय श्रमबजारका मागअनुसार सीपयुक्त जनशक्ति तयार गर्न राष्ट्रिय व्यवसायी प्रशिक्षण प्रतिष्ठानको भूमिका विस्तार गरिने समेत बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार